अख्तियारका कर्मचारीलाई घुस दिन खोज्ने अधिकृत पक्राउ « Khabarhub

अख्तियारका कर्मचारीलाई घुस दिन खोज्ने अधिकृत पक्राउ


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अख्तियार दूरुपयोग अनुसन्धान आयोगका कर्मचारीलाई घुस दिन खोज्ने प्रमुख प्रशासकीय अधिकृत पक्राउ परेका छन् । नुवाकोटको किस्पाङ गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत धुर्व प्रसाद सापकोटा अख्तियारका कर्मचारीलाई घुस रकम दिन खोजेपछि पक्राउ परेका हुन् । उनी आयोगको कार्यलय कञ्चनपुरबाट शुक्रबार पक्राउ परेका हुन् ।

यसअघि सापकोटा अछामको मेल्लेख गाउँपालिकामा कार्यरत थिए । उनको कार्यकालमा गाँउपालिकाको मेसिनरी सामान खरिद सम्बन्धी उजुरी परेपछि अहिले अख्तियारको टोलीले अनुसन्धान गरिरहेको छ ।

स्थलगत मुचुल्का र आरोपीहरूको बयानसमेत सम्पन्न भई अनुसन्धान भईरहेको उजुरीसँग सम्बन्धित कागजात पेश गर्न सापकोटा शुक्रबार आयोगको कार्यालय कञ्चनपुरमा पुगेका थिए । सोही बखत उनले आयोगका कर्मचारीलाई एक लाख रुपैयाँ घुसदिन खोजेपछि पक्राउ गरिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  १० : १७ बजे

सचिव कृष्णहरि पुष्करलाई प्रहरीले केरकार गरेर छाड्यो

काठमाडौं – नेपाल सरकारका सचिव कृष्णहरि पुस्करलाई प्रहरीले नियन्त्रणमा लिएर

विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं – रोजगारीका लागि विदेश पठाउने नाममा रु २९ लाख

विद्युत् उत्पादनमा निजी क्षेत्रको १३ खर्ब बढी लगानी

काठमाडौं – स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश

पुस्तान्तरण भइसकेको राजनीतिमा पुरानाको पुनरागमन असम्भव : बाबुराम भट्टराई

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ सरकार बनेको सय

भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै

भोजपुर – मुलुकका एक सय पर्यटकीय गन्तव्यमा सूचीकृत भोजपुरको प्रसिद्ध