काठमाडौं महानगरले आज ३०औँ महानगर दिवस मनाउँदै « Khabarhub

काठमाडौं महानगरले आज ३०औँ महानगर दिवस मनाउँदै


२९ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले आज ३०औँ महानगर दिवस मनाउँदैछ। महानगरले काठमाडौंको सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव प्रमुख अतिथिको रुपमा रहेका छन् ।

दिवसको अवसरमा टुँडिखेलमा मौलिक खाना महोत्सवका साथै ‘एक वडा ः एक नमुना उद्यम’ कार्यक्रमअन्तर्गत उत्पादित सामान तथा वस्तुको प्रदर्शनी समेत गरिएको छ ।

यस्तै, महानगरले आज दिउँसो ३ बजे टुँडिखेलमा साँस्कृतिक तथा सांगीतिक कार्यक्रम पनि गर्दैछ । सांगीतिक कार्यक्रमका लागि चर्चित कलाकारलाई निम्तो गरिएको महानगरपालिकाले जनाएको छ।

२०५२ साल मंसिर २९ गते काठमाडौं नगरलाई काठमाडौं महानगर घोषणा गरिएको थियो।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  ९ : ४२ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले