दक्षिण कोरियाका राष्ट्रपति युनलाई संसद्ले लगायो महाअभियोग « Khabarhub

दक्षिण कोरियाका राष्ट्रपति युनलाई संसद्ले लगायो महाअभियोग


२९ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई संसद्ले महाअभियोग लगाएको छ । दक्षिण कोरियाको संसद्ले गत साता अप्रत्याशित रूपमा ‘मार्शल ल’ लगाउने उनको अल्पकालीन प्रयासमा महाभियोग लगाएको हो ।

महाअभियोगपछि उनको राजनीतिक यात्रा लगभग अन्त्य भएको छ । उनको सो कदम पछि देशभरि लाखौँ सङ्ख्यामा प्रदर्शनकारीहरू सडकमा उत्रिएका थिए ।

एक सदनात्मक सभामा शनिबार युनलाई महाभियोग लगाउन प्रस्ताव गरेका थिए, जसमा २०४ सांसदले पक्षमा मतदान गरेका थिए भने ८५ मत महाअभियोगको विपक्षमा परेको थियो ।

मार्शल ल लगाउने उनको प्रयासविरुद्ध महाअभियोग लगाउने यसअघि प्रयास असफल भए पनि दोस्रो पटकमा भने संसदबाट पारित भएको थियो । सो मतदान प्रकियामा ३ सदस्य अनुपस्थित भएका थिए भने ८ मत बदर भएको जनाइएको छ ।

मतदान प्रक्रिया सम्पन्न भए पछि सभामुख वू वोन–सिकले महाभियोग प्रस्ताव पारित भएको घोषणा गर्दै अधिवेशनको समापन गरेका छन् ।

‘हामी आशा गर्छौँ कि तपाईँको वर्षको अन्त्य अब अलिकति खुसी हुनेछ र तपाईँका सबै रद्द गरिएका वर्ष अन्त उत्सवहरू पुनर्स्थापित हुनेछन्,’ उनले भने।

‘गणतन्त्र कोरियाको भविष्य र हाम्रो आशा जनताको हातमा छ, हाम्रो आशा बलियो छ। धेरै धेरै धन्यवाद,’ उनले सत्र समाप्त गर्दै भने।

अब संसदबाट महाअभियोग प्रस्ताव भएसँग राष्ट्रपतिको अधिकार ८० प्रतिशतले कटौती भएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  २ : ३३ बजे

परराष्ट्रले भन्यो- मध्यपूर्वबाट स्वदेश फर्किन चाहनेलाई जसरी पनि उद्धार गर्छौँ

काठमाडौं– परराष्ट्र मन्त्रालयले मध्यपूर्वको द्वन्द्वका कारण स्वदेश फर्किन चाहने नेपाली

फेक रेस्क्यु प्रकरण : तानिँदै एकपछि अर्का पर्यटन व्यवसायी, ट्रेकिङ कम्पनी सञ्चालक पासाङ पनि पक्राउ

काठमाडौं- विदेशी पर्यटकहरूलाई नक्कली उद्धार (फेक रेस्क्यु) देखाएर बीमा रकम

पोखरीमा एक महिलाको शव भेटियो

सिरहा– यहाँको औरही गाउँपालिका-५ स्थित एक पोखरीमा आज एक महिलाको

कुष्ठ प्रभावित व्यक्तिमाथि गरिने व्यवहार सुधार्न आवश्यक : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले कुष्ठरोग

हर्मुज जलडमरूमध्यमा थाई मालवाहक जहाजमाथि हमला

काठमाडौं- हर्मुज जलडमरूमध्यमा थाई मालवाहक जहाजमाथि हमला भएको छ ।