संविधान कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : गृहमन्त्री  « Khabarhub

संविधान कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : गृहमन्त्री 


२९ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी – गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति सुरक्षा स्थापना, भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम र संविधान कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा आज नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटमा उनले मुलुकमा दिगो विकास, शान्ति, सुशासन तथा समृद्धिका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।

‘स्थायी सरकार नहुँदा आर्थिक गतिविधि चलायमान हुन सकेको थिएन, सुशासन कायम भएन, विकास निर्माणका काम पनि द्रुत गतिमा अघि बढ्न नसकेपछि वर्तमान गठबन्धन सरकार गठन भएको हो’, उनले भने।

फरक प्रसङ्गमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको हालै सम्पन्न चीन भ्रमण सफल भएको उल्लेख गर्दै छिमेकी मुलुकसँग सुमधुर र सौहार्दपूर्ण सम्बन्ध कायम रहेको बताए।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  २ : ५३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै