स्वास्थ्यमन्त्री पौडेलद्वारा अस्पताल भवन उद्घाटन « Khabarhub

स्वास्थ्यमन्त्री पौडेलद्वारा अस्पताल भवन उद्घाटन


२९ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

दमौली– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले म्याग्देमा निर्माण गरिएको दश शय्याको अस्पताल भवनको आज उद्घाटन गरेका छन् । प्रत्येक स्थानीय तहमा १० शय्याको अस्पताल निर्माण गर्ने सङ्घ सरकारको निर्णय बमोजिम म्याग्दे गाउँपालिका–४ थर्पुमा निर्माण गरिएको भवनको मन्त्री पौडेलले उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रममा पूर्वप्रतिनिधिसभा सदस्य केदार सिग्देल, संविधानसभा सदस्य रामचन्द्र पोखरेल, म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरेलगायत सहभागी थिए।

अस्पताल भवन निर्माण सम्पन्न भएसँगै नयाँ भवनबाट सेवा प्रवाहको तयारी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अधिकारीले जानकारी दिए।

प्रमुख प्रशासकीय अधिकृत अधिकारीका अनुसार अस्पतालमा एक जना करारमा डा नियुक्त गरिएको छ । त्यस्तै दुई जना ल्याबमा कर्मचारी नियुक्त गरिसकिएको छ ।

रु सात करोड ३४ लाख ५० हजार एक सय ९६ को लागतमा भवन निर्माण गरिएको हो । भवन निर्माणका लागि विसं २०७८ जेठ २ गते ऋषि शक्ति होम निर्माण जेभीसँग सम्झौता भएको थियो ।

उक्त भवन विसं २०८० जेठ १० गतेभित्र सम्पन्न गर्नुपर्ने म्याद रहेपनि विविध कारणले काममा ढिलाइ भएको अधिकारीले जानकारी दिए।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  ४ : २८ बजे

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बिमा कार्यक्रमको

कर्णाली याक्सलाई ‘एभर राइज’को साथ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने कर्णाली याक्स टोलीका

कैलालीबाट दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

महेन्द्रनगर – अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज कैलालीको

बाजुरामा पहिरोले दुई घर बगायो

बाजुरा – जिल्लाको गौमुल गाउँपालिका-३ कटीगाउँमा आज दिउँसो वर्षासँगै आएको