नेपाल पत्रकार महासङ्घ बागलुङको अध्यक्षमा थापा | Khabarhub Khabarhub

नेपाल पत्रकार महासङ्घ बागलुङको अध्यक्षमा थापा


२९ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

गलकोट– नेपाल पत्रकार महासङ्घ बागलुङको अध्यक्षमा राम थापा निर्वाचित भएका छन् । ८औँ जिल्ला अधिवेशनबाट थापा ४६ मतसहित विजयी भएको निर्वाचन समितिका संयोजक हिराबहादुर केसीले जानकारी दिए।

थापा राष्ट्रिय समाचार समिति राससमा कार्यरत छन्। थापाका निकटतम प्रतिद्वन्द्वी तारानाथ आचार्यले २३ मत प्राप्त गरेका छन् । पत्रकार महासङ्घ बागलुङको उपाध्यक्षमा सुवास आचार्य ४३ मतसहित निर्वाचित भएका छन् । यस्तै महिला उपाध्यक्षमा सृजना पन्त ५० मतसहित विजयी भएका छन् । सचिवमा नारायण रिजाल ४० मतले विजयी हुँदा  सहसचिव खुलामा डम्बर बुढामगरले ४३ मत प्राप्त गरेर निर्वाचित भएका छन्।

समावेशी सहसचिवमा नवराज नेपाली सर्वसम्मत भएका थिए । यस्तै कोषाध्यक्षमा खेमराज गौतम ४९ मत प्राप्त गरी विजयी भएका हुन्।

सदस्यमा अर्जुन कार्कीले ४८ मत, प्रदीप पन्तले ४७ मत, प्रकाश बरालले ४५ मत, बालकृष्ण सुवेदीले ४० मतले विजयी हुनुभयो । महिला सदस्यमा मनिषा शर्मा सर्वसम्मत भए। दलित सदस्यमा अनिष खातीले ३६ मत, आदिवासी जनजाति सदस्यमा सङ्गम घर्तीमगरले ५० मत प्राप्त गरी निर्वाचित भए।

केन्द्रीय परिषद् महिला सदस्यमा कोपिला कँडेलले ४६ मत विजयी हुँदा केन्द्रीय परिषद् खुला सदस्यमा दिलीप पौडेल ३९ मत प्राप्त गरी निर्वाचित भए । प्रदेश परिषद् सदस्यहरुमा कृष्ण आचार्यले ५० मत, सुवासराज पन्तले ४७ मत, खिमबहादुर कार्कीले ४४ मत, चन्द्रगणेश पौडेलले ४२ मत प्राप्त गरे ।

प्रदेश परिषद् सदस्यमा लक्ष्मी परियार निर्विरोध भएका छन् । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाको स्थापना विसं २०५७ मा स्थापना भएको थियो ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  ४ : ५६ बजे

अफगान सीमा नजिक पाकिस्तानी सेनाको कारवाहीमा ३१ तालिबान लडाकूको मृत्यु

इस्लामावाद- पाकिस्तानी सेनाले अफगानिस्तानसँगको सीमा नजिक दुई अलग कारबाहीमा ३१

महोत्तरीका सबै प्रहरी युनिटबाट सेवा सञ्चालन

जलेश्वर–  ‘जेनजी पुस्ता’को आन्दोलनबाट प्रभावित भएका जिल्लास्थित नेपाल प्रहरीका सबै

दसैँसम्म मितेरी पुल निर्माण हुने

रसुवा– नेपाल–चीन सीमा क्षेत्रस्थित ल्हेन्दे खोलामाथि निर्माणाधीन ‘बेलिब्रिज’ यही दसैँअघि सम्पन्न

अग्नि सापकोटाले भने- जेन-जीको आन्दोलनमा गणतन्त्र विरोधी घुसेर ध्वंसात्मक कार्य गरे

काठमाडौं– नेकपा माओवादी केन्द्रले अत्याधुनिक नयाँ पार्टी कार्यालय भवन बनाउने

हाकिम बन्ने त्यो लिगलिगे दौड, अहिले मन्त्री र कर्मचारी

काठमाडौँ – भदौ २४ र २५ गते भएको जेन–जी आन्दोलन