एकीकृत समाजवादी बैठक : सदस्यको कार्य विभाजनबारे छलफल « Khabarhub

एकीकृत समाजवादी बैठक : सदस्यको कार्य विभाजनबारे छलफल


२९ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठकमा केन्द्रीय सदस्यहरूको कार्य विभाजन र आगामी कार्य योजनाका बारेमा शनिबार पनि छलफल भएको छ ।

पार्टी कार्यालय आलोकनगरमा बसेको बैठकमा आगामी कार्य योजनाका साथै कार्य विभाजनका विषयमा छलफल भएको हो ।

स्थायी कमिटीका सदस्यहरूले पार्टीको आगामी कार्ययोजना निर्माण गर्ने विषयमा आफ्ना धारणाहरु प्रस्तुत गरेको नेकपा समाजवादीले जनाएको छ । शनिबार बैठकमा जगन्नाथ खतिवडा, जयन्ति राइ, गङ्गालाल तुलाधर , चन्द्र बहादुर शाही, कल्याणी खडका लगायतले धारणा राखेका छन् ।

उनीहरूले पार्टीका नीतिको प्रचार गर्ने, पार्टीको सुदृढीकरण गर्ने, आगामी निर्वाचनहरूमा सानदार विजय प्राप्त गर्ने र राजनीतिक तथा भूराजनीतिक चुनौतीहरूको सामना गर्ने लगायतका विषयमा धारणा राखेका हुन् ।  अब अध्यक्ष, वरिष्ठ नेताहरू र महासचिवले धारणा राख्न बाँकी रहेको नेताहरूले जनाएका छन् ।

 स्थायी कमिटीको बैठक आइतबार सम्पन्न गर्ने नेकपा एकीकृत समाजवादीको तयारी छ ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  ५ : ५८ बजे

विगत बिर्सँदा प्रकोप व्यवस्थापनमा सास्ती

इतिहासकै सबैभन्दा ठूलो सङ्कट हुन सक्छ- हाल नेपालले सामना गरिरहेको

ग्यास आपूर्ति सहज बनाउँदै साल्ट ट्रेडिङ, ६ महिनालाई पुग्ने नुन मौज्दात

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरोले सडक अवरुद्ध भएपछि साल्ट

भोटेकोशी बाढी: मधेशका ३० जना सम्पर्कमा, १६२ जना अझै बेपत्ता

जनकपुर – रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएकामध्ये

किसानको फेरिएको दैनिकी: पहिले किनेर खान्थे, अहिले तरकारी बेचेर कमाउँछन्

म्याग्दी – बेनी नगरपालिका–५ डडुवाकी मनकुमारी भण्डारीले यो याममा प्लास्टिक

उपत्यकामा ग्यास अभाव हुन नदिन बाहिरका प्लान्टबाटै सिलिन्डर भर्ने चटारो

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा एलपी