दक्षिण कोरियाका राष्ट्रपति पदबाट निलम्बित « Khabarhub

दक्षिण कोरियाका राष्ट्रपति पदबाट निलम्बित


२९ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण कोरियाका संसदले शनिबार राष्ट्रपति युन सुक योलमाथि लगाइएको महाभियोग प्रस्ताव शनिबार पारित गरेको छ ।

महाभियोग प्रस्ताव पारित भएपछि विपक्षीले ‘जनताको विजय’ भएको घोषणा गरेका छन् । डिसेम्बर ३ मा सैनिक शासन लागू गर्ने युनको असफल प्रयासपछि दक्षिण कोरियामा एक हप्ताभन्दा बढी तीव्र राजनीतिक तनाव निम्त्याएको थियो ।

राष्ट्रपतिविरूद्धको महाभियोग प्रस्ताव संसदबाट पारित भएसँगै सोलको सडकमा शनिबार युनको पक्ष र विपक्षमा हजारौंको सङ्ख्यामा र्याली निकालिएको थियो । मतदानपछि टेलिभिजनमा सम्बोधन गर्दै महाभियोग लागेका युनले आफू ‘पदबाट हट्ने’ तर सैनिक शासन लागू गर्ने असफल प्रयासका लागि माफी नमागेको बताएका छन् ।

कूल ३०० संसद् सदस्य रहेको कोरियाली संसद्मा २०४ सांसदले विद्रोहको आरोपमा राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने पक्षमा मतदान गरेका छन् भने ८५ जनाले विपक्षमा मतदान गरेका छन् ।

मतदानमा तीन सांसद अनुपस्थित रहेका धर आठ मत बदर भएको छ । महाभियोगसँगै युनलाई पदबाट निलम्बित गरिएको छ भने दक्षिण कोरियाको संवैधानिक अदालतले मतदानपछिको अवस्थाबारे छलफल सुरू गरेको छ ।

अदालतलाई युनको भविष्यबारे फैसला गर्न १८० दिनको समय दिइएको छ । यदि उनलाई पदबाट हटाइयो भने युन दक्षिण कोरियाको इतिहासमा सफलतापूर्वक महाभियोग लगाइने दोस्रो राष्ट्रपति बन्नेछन्।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  ६ : ३९ बजे

विपद् न्यूनीकरणमा समयमै मौसम पूर्वानुमान र सूचना अत्यन्तै महत्त्वपूर्ण : मन्त्री सिन्हा

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री अनिल कुमार सिन्हाले प्राकृतिक विपद्बाट

हेलिकप्टरमार्फत उद्धार गरिएकी सुत्केरी र नवजात शिशुको मृत्यु 

काठमाडौं– बाजुराको दुर्गम क्षेत्रबाट हेलिकप्टरमार्फत उद्धार गरिएकी एक सुत्केरी र

‘धुरन्धर २’को बक्स अफिसमा सुनामी, रिलिजको चार दिनमै साढे चार सय करोड व्यापार

काठमाडौं – बलिउड नायक रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर २’ले

महासंघको निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनबाट ढकालको उम्मेदवारी  

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा सागर ढकालले वस्तुगत

बजारमा आउन थाल्यो खर्बुजा (तस्बिरहरू)

काठमाडौं– खर्बुजाको सिजन सुरु भएसँगै अहिले बजारमा खर्बुजा आउन थालेको