दुई सय छत्तिसजना परम्परागत बाजा गुरूहरूलाई नगदसहित सम्मान « Khabarhub

दुई सय छत्तिसजना परम्परागत बाजा गुरूहरूलाई नगदसहित सम्मान


२९ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाले दुई सय ३६ जना परम्परागत बाजा गुरूहरूलाई जनही रू ३० हजारसहित सम्मान गरेको छ । ३०औँ महानगर दिवस २०८१ का अवसरमा राष्ट्रियसभागृहमा आयोजित समारोहमा उपप्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गत तथा समितिका सदस्यहरूले गुरूहरूलाई सम्मान गरेका हुन् ।

सम्मानित गृरूहरूमा ज्यापू महागुथि नेपाः, येँ महानगर समितिबाट सिफारिस हुनुभएका परम्परागत ६३ टोलका ६३ जना मु–धिमे गुरू र ५४ जना दाफा खिं गुरू हुन् । गुंलाबाजं व्यवस्थापन व संरक्षण सङ्घबाट सिफारिस भएका २५ टोलका एक–एकजना गुरू, नेपाल खड्गी सेवा समितिबाट सिफारिस हुनुभएका ६९ टोलका एक–एकजना नायःखिं बाजं गुरू, नेपाल राष्ट्रिय खड्गी समाजबाट नौ टोलबाट सिफारिस भएका १५ जना गुरू छन् ।

यस्तै, केन्द्रीय मानन्धर सङ्घबाट सिफारिस भएका तीन टोलका तीनजना र विभिन्न सङ्घसंस्थाहरूबाट सिफारिस भएका सातजना बाजा गुरूलाई सम्मान गरिएको हो ।

कार्यक्रममा उपप्रमुख डङ्गोलले, परम्परागत वादनमा किशोरी र युवतीको सङ्ख्या बढ्दै गएको बताए । “वादनसँगै सांस्कृतिक क्रियाकलापमा महिलाको उपस्थिति स्वीकार गरिएको छ । यसबाट जात्रापर्वहरू लैङ्गिकमैत्री बन्दै गएका छन्”, उनले भने, “परम्परागत वाद्य गुरूहरूको यसमा ठूलो भूमिका छ । महिलाहरूलाई प्रोत्साहन गर्न गुरूहरूले नानीहरू, किशोरीहरू र महिलाहरूलाई प्रोत्साहन गर्नुपर्छ ।”

कार्यक्रममा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले बाजा गुरूहरूको सम्मानबाट अमूर्त सम्पदाको संरक्षणमा योगदान हुने अपेक्षा रहेको बताए । “वादन संस्कार बचाउन नेवार समुदायका धेरै व्यक्तिले रोजगारीमा जान पाएका छैनन् । गएकाहरूले पनि पेसालाई नियमित गर्न सकेका छैनन् । यो अवस्थालाई बुझ्न सकिएन भने संस्कार बचाउन सकिँदैन भन्ने महसुस गरेर बाजा गुरूहरूको सम्मान कार्यक्रम थालिएको हो,” समितिका सदस्य एवं वडा नं १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले भने ।

कार्यक्रममा विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिताका विजेताहरूलाई पुरस्कृत गरिएको थियो । विजेताहरूलाई क्रमशः रू ६ हजार, पाँच हजार र चार हजार नगदसहित पुरस्कृत गरिएको थियो ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  ८ : १७ बजे

सुर्खेतबाट ‘खतरनाक खोपडी’ समूहका २५ पक्राउ

कर्णाली – सुर्खेत प्रहरीले वीरेन्द्रनगरमा कालो झण्डासहित मोटरसाइकल र्‍याली निकाल्ने

सर्लाहीमा लक्ष्यभन्दा बढी बालबालिकालाई दादुरा विरुद्धको खोप

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले सर्लाहीको मङ्गलवा नगरपालिकामा लक्ष्यभन्दा

गुल्मीमा ४८ मतदानस्थल अतिसंवेदनशील सूचीमा

गुल्मी – यहाँका ४८ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा रहेका छन्

निर्वाचन प्रहरीको भूमिका महत्वपूर्ण छः गृहमन्त्री अर्याल

नुवाकोट – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को