देउवाबाट उँधौली पर्व, योमरी पुन्हि र धान्य पूर्णिमाको शुभकामना  « Khabarhub

देउवाबाट उँधौली पर्व, योमरी पुन्हि र धान्य पूर्णिमाको शुभकामना 


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले किरातहरूको उँधौली पर्व, ज्यापु समुदायको महत्त्वपूर्ण चाड योमरी पुन्हि (ज्यापु दिवस) र धान्य पूर्णिमाको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइले मनाउने तीनवटै सांस्कृतिक पर्वका अवसरमा कांग्रेस सभापति देउवाले आफ्नो र पार्टीका तर्फबाट सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गरेका हुन् ।

सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न सुन्दर मुलुक नेपालमा रहेका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जात–जातिको आ–आफ्ना विशिष्ट संस्कृति र परम्परा रहेको उल्लेख गर्दै उनले शुभकामना सन्देशमा सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने विशिष्ट पहिचान रहेको उल्लेख गरेका छन् । यी पर्वहरूले नेपाली समाजमा सद्भाव बढाउँदै आएको छ ।

देउवाले यी पर्वहरूले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्दै सबैमा पर्वको शुभकामना भनेका छन् ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ७ : १५ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

किम्रुङ खोलाको बहाव रोकिएपछि कास्की र पर्वतमा उच्च सतर्कता : कस्तो छ जोखिम ?

काठमाडौँ – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलाको बहाव एक्कासि

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २४ गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ २४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २४ गते बुधबार सन् २०२६