गीत गाउने गधा सामाजिक सञ्जालमा भाइरल (भिडियो सहित) | Khabarhub Khabarhub

गीत गाउने गधा सामाजिक सञ्जालमा भाइरल (भिडियो सहित)


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संगीत एक क्षमतावान् व्यक्तिको शिल्प हो । यसका लागि व्यक्तिले वर्षौं अथक मेहनत गर्नुपर्दछ ।

जो–कोहिले पनि लयमा गीत गाउँन सक्दैनन् । संगीतको माधुर्यता यतिसम्म छ कि मानिस मात्रा होइन पशुमा समेत यसले प्रभाव राख्दछ ।
अहिले समाजिक सञ्जालमा एउटा गधा भाइरल बनेको छ । यसरी गधा भाईरल हुनुको पछाडि गधाको गायकी हो ।

सुन्दा अचम्म लाग्न सक्छ जनावरले पनि कतै गीत गाउँछ र ? तर भारतमा एउटा गधाले गीत गाएपछि सामाजिक सञ्जालमा भाइरल बनेको हो ।

भारतको पुणे स्थित एक एनिमल सेल्टरमा रहेको एमिली नामक गधाले गाउन थाले पछि उसको चर्चा चुलिएको छ । पछिल्लो समय एमिलिलाई हेर्न कैयौं मानिस पुगिसकेका छन् ।

घाइते अवस्थामा भेटिएको उक्त गधा एनिमल सेल्टरमा घुलमिल हुँदै गएपछि बिस्तारै गाउन थालेको सेल्टरका कर्मचारीले बताएका छन् । खाने समयमा गाउने एमिलीको आवाज मंत्रमुग्ध पार्ने रहेको छ । सेल्टरका कर्मचारीका अनुसार एमिलीको गायकी प्रतिभालाई रेकर्ड गरेर सामाजिक सञ्जालमा हालेसंगै मानिसहरु गधाको गीत सुन्न सेल्टरमा घुइचो लाग्ने गर्छ ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ८ : २० बजे

मधेश राजनीतिमा नयाँ मोड, कांग्रेसले छोड्यो एमालेको साथ

काठमाडौँ- मधेश प्रदेशमा नयाँ सरकार गठन प्रक्रियाअघि बढाउन सात दलले

दिल्लीमा उच्च प्रदुषण, श्वासप्रश्वासमा नै असहज हुन थालेको स्थानीयको गुनासो

नयाँ दिल्ली – नयाँ दिल्लीमा विषाक्त हावा नियन्त्रणका लागि सरकारको

पूर्वसांसदका स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधा फिर्ता गर्न सरकारको ताकेता

काठमाडौँ- अर्थमन्त्रालयले सांसदहरूको स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधा फिर्ता गर्न निरन्तर

धादिङमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–४ मास्टारमा आज जिपको

अलैँचीको मूल्य प्रतिमन एक लाख नाघ्यो

ताप्लेजुङ – पूर्वी पहाडी भेगको प्रमुख नगदेबाली अलैँचीको मूल्यमा पछिल्लो