पुस महिनाका लागि अधिकांश वाणिज्य बैंकको ब्याजदर स्थिर « Khabarhub

पुस महिनाका लागि अधिकांश वाणिज्य बैंकको ब्याजदर स्थिर


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पुस महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकांश वाणिज्य बैंकको ब्याजदर स्थिर रहने भएको छ । २० वटा वाणिज्य बैंकहरूले पुस महिनाका लागि सार्वजनिक गरेको ब्याजदरअनुसार ६ वटाले ब्याजदर परिवर्तन गरेका छन् भने बाँकी १४ वटाको भने स्थिर रहेको छ ।

पुस महिनाका लागि कृषि विकास, प्राइम कमर्सियल र एनएमबि बैंकले भने व्यक्तिगततर्फको मुद्दतीमा ब्याजदरमा केही प्रतिशतले वृद्धि गरेका छन् । जसमा प्राइम कमर्सियल बैंकले मंसिर महिनामा व्यक्तिगत मुद्दतीतर्फ रहेको ५.५७ प्रतिशत ब्याजदरलाई वृद्धि गरेर पुस महिनाका लागि ६.२५ प्रतिशत पुर्‍याएको छ भने एनएमबि बैंकले ५.७५ प्रतिशतबाट ६.६ प्रतिशत पुर्‍याएको छ ।

कृषि विकास बैंकले पनि मंसिर महिनाको तुलनामा पुसका लागि व्यक्तिगत तर्फको मुद्दतीमा झिनो अंकले ब्याजदर वृद्धि गरेको छ । बैंकले मंसिर महिनामा ५.५३ रहेको ब्याजदरलाई पुस महिनाका लागि ५.५७ प्रतिशत पुर्‍याएको हो ।

पुस महिनाका लागि तीन वटा बैंकहरूले ब्याजदर घटाएका छन् । जसमा, एनआइसी एशिया बैंकले मंसिर महिनामा कायम रहेको व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर ६.७९ प्रतिशतबाट घटाएर ६.६ प्रतिशत कायम गरेको छ ।

त्यस्तै, सानिमाले मंसिर महिनामा कायम रहेको ६.१५ प्रतिशत ब्याजदरलाई घटाएर पुसका लागि ६.०५ प्रतिशत कायम गरेको छ भने नेपाल बैंकले पनि मंसिर महिनामा रहेको ५.९५ प्रतिशत ब्याजदरलाई ५.६ प्रतिशतमा कायम गरेको छ ।

पुस महिनामा एभरेष्ट, कुमारी, नेपाल एसबीआई, लक्ष्मी सनराइज, ग्लोबल आइएमई, सिटिजन्स, प्रभु, माछापुच्छ्रे, स्टान्डर्ड चाटर्ड, हिमालयन, एनआइएमबि, सिद्धार्थ, नबिल र राष्ट्रिय वाणिज्य बैंकको ब्याजदर भने मंसिर महिनामा कायम भएकै व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर लागू हुनेछ ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  १२ : ३० बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको