विराटनगर, पोखरा र लुम्बिनी घरतिर, काठमाडौंलाई झिनो आश « Khabarhub

एनपीएल

विराटनगर, पोखरा र लुम्बिनी घरतिर, काठमाडौंलाई झिनो आश


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी ८ मध्ये ६ टीमले लिग चरणका सात खेल पूरा गरेका छन् ।

अब लिग चरणको १ खेल मात्रै बाँकी छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सको प्रतिस्पर्धापछि लिग चरणको खेल सकिन्छ ।

अहिलेको अवस्थामा लुम्बिनी लायन्स, विराटनगर बोल्ट्स र पोखरा एभेन्जर्स प्लेअफको दौडबाट बाहिरिइसकेका छन् ।

लिग चरणको खेलमा लुम्बिनी १, पोखरा र विराटनगरले समान २–२ जित निकाले ।

तस्बिर : चिरायु शाक्य

प्लेअफमा को को ? 

६ खेल मात्रै खेलेको सुदूरपश्चिम अंक १० सहित तालिकाको शीर्ष स्थानमा छ । यस टीमले एक खेलअगावै प्लेअपको खेलमा स्थान बनाएको छ । लिग चरणको ६ खेलमा सुदूरपश्चिमले चितवन राइनोजसँग मात्रै हारेको छ ।

७ खेल खलेर अंक १० सहित तालिकाको दोस्रो स्थानमा सुदूरपश्चिम छ । जनकपुरले दुई खेल चितवन र सुदूरपश्चिसँग हारेको छ ।

८ अंकसहित तालिकाको तेस्रो स्थानमा चितवन राइनोज छ । चितवनले लिग चरणका ३ खेल हारेको छ । विराटनगर, लुम्बिनी र कर्णालीसँग चितवनले हारेको हो ।

तालिकाको शीर्ष तीनका यी टोलीले प्लेअफमा स्थान बनाइसकेका छन् ।

काठमाडौंको झिनो सम्भावना

तालिकाको शीर्ष चारमा परेका टिमले प्लेअफका खेलमा स्थान बनाउँछन् ।

अब काठमाडौं गुर्खाज र कर्णाली प्लेअफको दौडबाट बाहिरिने एक टिम हुनेछन् । यी दुवैको अंक ८ छ ।

तालिकाको चौथो स्थानमा रहेको कर्णालीले लिग चरणको १ खेल्न बाँकी छ । काठमाडौं गुर्खाजले लिग चरणको सबै खेल खेलेर तालिकाको पाँचौ स्थानमा छ ।

सुदूरपश्चिमविरुद्ध जित निकालेको अवस्थामा १० अंक जोड्दै कर्णालीले प्लेअफमा स्थान बनाउने छ ।

काठमाडौंको प्लेअफमा पर्ने सम्भावना कायमै छ । तर यो सम्भावनामा काठमाडौं अरु टोलीको नतिजामाथि निर्भर भएको छ ।

सुदूरपश्चिम र कर्णालीको नतिजाले काठमाडौं प्लेअफमा पुग्ने वा नपुग्ने निर्धारण हुन्छ ।

सोमबारको खेलमा सुदूरपश्चिमले कर्णालीलाई फराकिलो अन्तरले पराजित गरेमा काठमाडौंले प्लेअफमा स्थान बनाउन पाउँछ ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ७ : ५८ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्