रोल्लर स्केट प्रतियोगिता : पुरुषतर्फ राजन र महिलातर्फ निर्जला प्रथम « Khabarhub

रोल्लर स्केट प्रतियोगिता : पुरुषतर्फ राजन र महिलातर्फ निर्जला प्रथम


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल स्केटिङ तथा स्केट बोर्डिङ सङ्घले आयोजना गरेको तेस्रो राष्ट्रिय फ्री–स्टाइल रोल्लर स्केट प्रतियोगिता–२०८१ का विजेताहरूलाई पुरस्कार वितरण गरिएको छ ।

काठमाडौँको गल्फुटार स्केटपार्कमा दुई दिनसम्म चलेको प्रतियोगितामा प्रथम, द्वितीय तथा तृतीय हुुने खेलाडीलाई पुरस्कार प्रदान गरिएको हो । पुरुषतर्फ राजन मक्राती प्रथम भएका छन् । यस्तै, सोहन गुरुङ द्वितीय र रोहन कुँवर तृतीय हुनुभएको आयोजक सङ्घका अध्यक्ष अच्युत खनालले जानकारी गराए ।

उनीहरुले क्रमशः रु १५ हजार, रु १० हजार र रु पाँच हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेको अध्यक्ष खनालले बताए ।

यस्तै, महिलातर्फ निर्जला श्रेष्ठ प्रथम, सन्ध्या मगर द्वितीय र निमिशा तामाङ तृतीय भएका छन् । उनीहरूले क्रमशः रु १५ हजार, रु १० हजार र रु पाँच हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेको महासचिव सत्य थापाले जानकारी दिए ।

प्रतियोगिताको पहिलो दिन शनिबार दुई सय ५० पुरुष र एक सय ५० महिला खेलाडीको सहभागितामा छनोट चरणका खेलहरू भएका थिए । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले आइतबार प्रतियोगिताको उद्घाटन गरेका थिए ।

नेपाल स्केटिङ तथा स्केट बोर्डिङ सङ्घले वार्षिक रूपमा राष्ट्रिय फ्री–स्टाइल रोल्लर स्केट प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगिताका विजेतालाई दक्षिण कोरियामा आगामी जुन महिनामा आयोजना हुने एसियन रोल्लर डारबी प्रतियोगितामा सहभागी गराइने आयोजकले जनाएकोे छ ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ७ : ४२ बजे

स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार

चौबीस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौँ– सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो