यु-१९ महिला एसिया कप: पहिलो खेलमा पाकिस्तानसँग भिड्दै नेपाल « Khabarhub

यु-१९ महिला एसिया कप: पहिलो खेलमा पाकिस्तानसँग भिड्दै नेपाल


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मलेसियामा शनिबारदेखि सुरु एसिसी यु–१९ महिला एसिया कप क्रिकेटमा नेपालले आज पहिलो खेल खेल्दैछ ।

पहिलो पटक आयोजना भएको यु–१९ महिला एसिया कपमा नेपाल समूह ‘बी’ मा छ । यस समूहमा भारत र पाकिस्तान पनि छन् । नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग सोमबार बिहान खेल्न लागेको हो । यो खेल नेपाली समय अनुसार ११ः४५ बजे सुरु हुनेछ ।

दोस्रो खेलमा नेपालले मंगलबार भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

समूह ‘ए’ मा श्रीलङ्का, बङ्गलादेश र मलेसिया छन्। एसियाबाट यु–१९ महिला विश्व कपमा छनोट भएकाले नेपालले एसिया कप खेल्ने मौका पाएको हो ।

पूजा महतोको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीसोनी पाख्रिन, किरनकुमारी कुवँर, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, तृषना विक, रिया शर्मा, अलिशाकुमारी यादव, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र अनु कडायतछन्।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ८ : ४१ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी