कर्णालीले सुदूरपश्चिमलाई दियो १०२ रनको मध्यम चुनौती, दीपेन्द्रले लिए दुई विकेट « Khabarhub

कर्णालीले सुदूरपश्चिमलाई दियो १०२ रनको मध्यम चुनौती, दीपेन्द्रले लिए दुई विकेट


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले सुदूरपश्चिम रोएल्सलाई १०२ रनको चनौती दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको कर्णालीले पूरै २० ओभरमा ९ विकेट गुमाएर १०१ रन बनाएको हो ।

कर्णालीलाई सस्तैमा समेट्न सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए । चार ओभर बलिङ गरेका उनले २० रन दिएर दुई विकेट लिएका हुन् । उसका लागि स्कट कुग्गेलिजन, हरमित सिंहले दुईदुई विकेट हात पार्दा सैफ जैबले एक विकेट हात पारे ।

कर्णालीका लागि जिशान मकसुदले सर्वाधिक ३० रन बनाए । ३५ बल खेलेका उनले चार चौका हिर्काए । विलियम बोसिस्टोले १६ रन बनाउँदा बाबर हयात १३ रनमा समेटिए । कर्णालीका लागि कप्तान सोमपाल कामी र चाडविक वाल्टनले समान ११–११ रन बनाए । देव खनाल ७ र गुल्सन झा २ रनमा रनआउट भए । ओपनर रित गौतम भने तीन बलको सामना गरेर शून्यमा आउट भएका थिए ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  १० : ३९ बजे

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००

विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशका विभिन्न भागमा अविरल वर्षापछिको