नेपाल एसबीआई बैंकले १० प्रतिशत बोनस दिने « Khabarhub

नेपाल एसबीआई बैंकले १० प्रतिशत बोनस दिने


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल एसबीआई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०–८१ को वितरयोग्य मुनाफाबाट शेयरधनीलाई १०.३८ प्रतिशत बोनस दिने भएको छ ।

बैंकका कम्पनी सचिव श्रीधर अधिकारीका अनुसार बैंकले चुक्ता पूँजीको ७१ करोड ९२ लाख ६० हजार ४३१ रुपैयाँ अर्थात ६.८५ प्रतिशत नगद लाभांश दिने भएको हो । यस्तै, ३९ करोड ९० लाख ५ हजार ७८६ रुपैयाँ अर्थात ३.८० प्रतिशत बोनस शेयर दिने जनाइएको छ ।

बैंकको उक्त बोनस प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिसकेको छ भने अब आगामी साधारणसभाबाट अनुमोदन गरिनेछ । बैंकको ३१औँ साधारणसभा पुस २१ गते बस्दैछ ।

बैंकले बोनस वितरण र साधारणसभा प्रयोजनका लागि पुस ७ गते एक दिन बुक्क क्लोज गर्ने छ । पुस ६ गतेसम्म कायम रहेका शेयरधनीले मात्र उक्त बोनस पाउने छन् ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  १० : ५४ बजे

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को

सप्तकोशी मोटरबोट दुर्घटना अपडेट : तीन जनाको मृत्यु, तीन बेपत्ता

धनकुटा – धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणीमा सप्तकोशी नदीमा जेटबोट दुर्घटना