इटहरीका सरकारी स्कुललाई आधुनिक डकेस् बेन्च हस्तान्तरण « Khabarhub

इटहरीका सरकारी स्कुललाई आधुनिक डकेस् बेन्च हस्तान्तरण


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

इटहरी – इटहरी उपमहानगरले आफ्नो मातहतका सरकारी विद्यालयहरूलाई अत्याधुनिक डकेस् बेन्च हस्तान्तरण गरेको छ । इटहरीको ३६ वटा सामुदायिक विद्यालयलाई ३ हजार ८ सय ६० थान डकेस् बेन्च वितरण गरिएको हो ।

विद्यालयहरूमा विद्यार्थी बढाउने उद्देश्यले शिक्षा सुधार कार्यक्रम अन्तरगत डकेस् बेन्च वितरण गरिएको इटहरीका मेयर हेमकर्ण पौडेलले बताए । थोत्रा डकेस् बेन्चमा बसेर पढ्ने विद्यार्थीका लागि आधुनिक डकेस् बेन्च दिएका छौ मेयर पौडेलले भने । विद्यार्थीलाई पठन–पाठनलाई सहज होस भनेर दिएका हौ ।

इटहरीको राष्ट्रिय माविमा एक कार्यक्रम गरी विद्यालयका प्रध्यानध्यापकहरुलाई डकेस् बेन्च हस्तान्तरण गरिएको हो । विद्यालयका विद्यार्थी पुरानो डकेस् बेन्चमा बस्दा लुगा च्यातिने, शरीरमा घाउ हुने गरेको भन्दै यो डकेस् बेन्चले धेरै राम्रो हुने छ विद्यालयका प्रअ सरणकुमार बस्नेतले भने ।

उपमहानगरले दिएको डकेस् बेन्चमा किताब राख्ने सुविधा समेत छ । साथै बलियो र हेर्दा पनि आकर्षक देखिन्छ । स्कुलहरूमा थप सुविधा समेत दिँदै जाने उपमहानगरले जनाएको छ । सबै स्कुलहरूमा डकेस् बेन्चहरू पुर्‍याई सकेको उपमहानगरले जनाएको छ  ।

सामुदायिक स्कुलहरूमा केही दिन अघि मात्र विद्यालय नर्स पठाइसकेको छ ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  २ : ०३ बजे

इरान युद्धले बढायो अमेरिकी उपभोक्ताको इन्धन खर्च

एजेन्सी- इरान युद्ध र महत्वपूर्ण समुद्री मार्गबाट कच्चा तेलको ढुवानीमा

सरकारलाई जेन-जी घाइतेकी आमाको प्रश्न- मेरो छोराको अप्रेशन कहिले हुन्छ ?

काठमाडौं–  जेन-जी आन्दोलनका घाइते अनिश सापकोटा अहिले उपचारका क्रममा छन् । 

सरकारविरुद्ध नाराबाजीपछि पक्राउ परे जेन-जी आन्दोलनका घाइते

काठमाडौं- नयाँ बानेश्वरस्थित पुरानो संसद भवनमा आयोजित एक कार्यक्रममा सरकारको विरोध

नक्कली मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु, सयभन्दा बढी उपचाररत   

भोपाल- भारतको मध्य प्रदेशस्थित सागर जिल्लाको बाँदा क्षेत्रमा नक्कली मदिरा सेवनबाट

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

बझाङ– बझाङमा मेलाको संरक्षण गर्ने अभिप्रायले भलिबल प्रतियोगिता अनिवार्य गरिएको