इटहरीका सरकारी स्कुललाई आधुनिक डकेस् बेन्च हस्तान्तरण « Khabarhub

इटहरीका सरकारी स्कुललाई आधुनिक डकेस् बेन्च हस्तान्तरण


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

इटहरी – इटहरी उपमहानगरले आफ्नो मातहतका सरकारी विद्यालयहरूलाई अत्याधुनिक डकेस् बेन्च हस्तान्तरण गरेको छ । इटहरीको ३६ वटा सामुदायिक विद्यालयलाई ३ हजार ८ सय ६० थान डकेस् बेन्च वितरण गरिएको हो ।

विद्यालयहरूमा विद्यार्थी बढाउने उद्देश्यले शिक्षा सुधार कार्यक्रम अन्तरगत डकेस् बेन्च वितरण गरिएको इटहरीका मेयर हेमकर्ण पौडेलले बताए । थोत्रा डकेस् बेन्चमा बसेर पढ्ने विद्यार्थीका लागि आधुनिक डकेस् बेन्च दिएका छौ मेयर पौडेलले भने । विद्यार्थीलाई पठन–पाठनलाई सहज होस भनेर दिएका हौ ।

इटहरीको राष्ट्रिय माविमा एक कार्यक्रम गरी विद्यालयका प्रध्यानध्यापकहरुलाई डकेस् बेन्च हस्तान्तरण गरिएको हो । विद्यालयका विद्यार्थी पुरानो डकेस् बेन्चमा बस्दा लुगा च्यातिने, शरीरमा घाउ हुने गरेको भन्दै यो डकेस् बेन्चले धेरै राम्रो हुने छ विद्यालयका प्रअ सरणकुमार बस्नेतले भने ।

उपमहानगरले दिएको डकेस् बेन्चमा किताब राख्ने सुविधा समेत छ । साथै बलियो र हेर्दा पनि आकर्षक देखिन्छ । स्कुलहरूमा थप सुविधा समेत दिँदै जाने उपमहानगरले जनाएको छ । सबै स्कुलहरूमा डकेस् बेन्चहरू पुर्‍याई सकेको उपमहानगरले जनाएको छ  ।

सामुदायिक स्कुलहरूमा केही दिन अघि मात्र विद्यालय नर्स पठाइसकेको छ ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  २ : ०३ बजे

तीन महिनामा चितवनका २८ जनाले त्यागे नागरिकता

नारायणगढ (चितवन)- जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय

संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनतामाझ जान लागेका हौँ : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले संविधान र

नेकपाको जागरण अभियान सुरु

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई महिने राष्ट्रिय जागरण अभियान

स्टारलिङ्कले सेवा सुधार्‍यो : युक्रेन

किभ- युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन