माङ्खिम् तथा साकेला महोत्सव सम्पन्न « Khabarhub

माङ्खिम् तथा साकेला महोत्सव सम्पन्न


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

भोजपुर– हिन्दु, बौद्ध र किराँत धर्मको संगमस्थल अरुण बहुउद्देश्यीय आध्यात्मिक प्रतिष्ठानले भव्य रूपमा माङ्खिम् तथा साकेला महोत्सव सम्पन्न गरेको छ । एक धर्मले अर्को धर्मप्रतिको सहिष्णुता जगाउन प्रतिष्ठानले आइतबार उँधौली पर्वको अवसरमा उक्त महोत्सव गरेको हो ।

किराँती भाषा अनुसार ‘माङ्’ को अर्थ भगवान् र ‘खिम्’ को अर्थ घर । माङ्खिम्लाई भगवान् बस्ने घर अर्थात् मन्दिरको रूपमा पूजा गर्छन् । अरुण प्रतिष्ठानले विगतदेखि हिन्दु, बौद्ध र किराँत धर्म र सांस्कृतिक क्रियाकलाप लागि तीनै धर्मको मन्दिर स्थापना गरेको छ ।

किराँतीले प्रकृतिको पूजा गर्ने गर्छन् र प्रकृतिको स्वभाव अनुसार चल्ने गर्छन् । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन पितृको मान र प्रकृतिको सम्मानका रूपमा उँधौली पर्व मनाइन्छ  ।

किराँत धर्म भनेको प्रकृतिको पूजा गर्ने र प्रकृतिको स्वभाव अनुसार चल्ने हो । उनीहरू पृथ्वी, जल, वायु पञ्चत्वको पूजा गर्छन् । त्यस्तै, फलेको अन्न देवतालाई चढाएर मात्रै खाने परम्परा छ ।

किराँत धर्म अनुसार धनकी देवी लक्ष्मीलाई पूजा गर्ने भएकाले धान्य पूर्णिमा पनि भनिन्छ । उँधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे) लाई धन्यवाद दिने गरिन्छ ।

कार्यक्रम प्रदेश सरकार, अरुण गाउँ समिति, किराँत राई रायोख्या र आदिवासी जनजाति आयोगको सहयोगमा सम्पन्न भएको हो । साथै, जनजाति आयोगले आगामी दिनमा किराँत भाषा प्रशिक्षण तथा किराँत धर्मसम्बन्धी कार्यक्रम गर्ने प्रतिबद्धता जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला कार्यसमितिका अध्यक्ष विदुर राई, उपाध्यक्ष अनिता राई लगायत प्रतिनिधि, कर्मचारी, समाजसेवी लगायत स्थानीयहरूको सहभागिता थियो ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  २ : ५१ बजे

अर्थ तथा योजना समितिको वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवसमक्ष अर्थ तथा योजना समितिका

अमेरिका र इरानबीच ४५ दिने युद्धविराम प्रस्ताव

वासिङ्टन- इरान र संयुक्त राज्य अमेरिकाबीच तीव्र बन्दै गएको युद्धका

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं– राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक सेवा

धौलागिरि र अन्नपूर्ण आरोहण गर्न ४४ जनाले अनुमति लिए

म्याग्दी– चालु वसन्त याममा धौलागिरि र अन्नपूर्ण हिमाल आरोहणका लागि ४४

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको सोमबार बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक राजनीति,