माङ्खिम् तथा साकेला महोत्सव सम्पन्न « Khabarhub

माङ्खिम् तथा साकेला महोत्सव सम्पन्न


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

भोजपुर– हिन्दु, बौद्ध र किराँत धर्मको संगमस्थल अरुण बहुउद्देश्यीय आध्यात्मिक प्रतिष्ठानले भव्य रूपमा माङ्खिम् तथा साकेला महोत्सव सम्पन्न गरेको छ । एक धर्मले अर्को धर्मप्रतिको सहिष्णुता जगाउन प्रतिष्ठानले आइतबार उँधौली पर्वको अवसरमा उक्त महोत्सव गरेको हो ।

किराँती भाषा अनुसार ‘माङ्’ को अर्थ भगवान् र ‘खिम्’ को अर्थ घर । माङ्खिम्लाई भगवान् बस्ने घर अर्थात् मन्दिरको रूपमा पूजा गर्छन् । अरुण प्रतिष्ठानले विगतदेखि हिन्दु, बौद्ध र किराँत धर्म र सांस्कृतिक क्रियाकलाप लागि तीनै धर्मको मन्दिर स्थापना गरेको छ ।

किराँतीले प्रकृतिको पूजा गर्ने गर्छन् र प्रकृतिको स्वभाव अनुसार चल्ने गर्छन् । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन पितृको मान र प्रकृतिको सम्मानका रूपमा उँधौली पर्व मनाइन्छ  ।

किराँत धर्म भनेको प्रकृतिको पूजा गर्ने र प्रकृतिको स्वभाव अनुसार चल्ने हो । उनीहरू पृथ्वी, जल, वायु पञ्चत्वको पूजा गर्छन् । त्यस्तै, फलेको अन्न देवतालाई चढाएर मात्रै खाने परम्परा छ ।

किराँत धर्म अनुसार धनकी देवी लक्ष्मीलाई पूजा गर्ने भएकाले धान्य पूर्णिमा पनि भनिन्छ । उँधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे) लाई धन्यवाद दिने गरिन्छ ।

कार्यक्रम प्रदेश सरकार, अरुण गाउँ समिति, किराँत राई रायोख्या र आदिवासी जनजाति आयोगको सहयोगमा सम्पन्न भएको हो । साथै, जनजाति आयोगले आगामी दिनमा किराँत भाषा प्रशिक्षण तथा किराँत धर्मसम्बन्धी कार्यक्रम गर्ने प्रतिबद्धता जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला कार्यसमितिका अध्यक्ष विदुर राई, उपाध्यक्ष अनिता राई लगायत प्रतिनिधि, कर्मचारी, समाजसेवी लगायत स्थानीयहरूको सहभागिता थियो ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  २ : ५१ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना