शेयर बजार राताम्य, ५१ अंकले घट्यो नेप्से  « Khabarhub

शेयर बजार राताम्य, ५१ अंकले घट्यो नेप्से 


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार शेयर बजारमा पहिरो गएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५१.३७ अंकले घटेको हो ।

आज नेप्से १.९१ प्रतिशतले घटेर १६३०.९१ विन्दुमा पुगेको छ । नेप्से घट्दा ५ अर्ब ९३ करोड ५६ लाख ४ हजार बराबरको १ करोड २७ लाख ४५ हजार ७७७ कित्ता शेयर कारोबार भएको छ ।

यस्तै १५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३०४ वटा कम्पनी कारोबारमा आउँदा ६७ हजार ६४८ पटक शेयर किनबेच भएको छ ।

यता १३ समूहमा पनि सबै समूहमा राताम्य छाएको छ । आज बसैभन्दा बढी फाइनान्स समूह ४.४१ प्रतिशतले घटेर ३ हजार ११५.७६ विन्दुमा पुगेको छ भने सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.९१ प्रतिशतले घटेर २१.५२ विन्दुमा पुगेको छ ।

त्यस्तै, वाणिज्य बैंक समूह १।४९ प्रतिशतले, विकास बैंक २.०३ प्रतिशतले, होटेल तथा पर्यटन २.३१ प्रतिशतले, हाइड्रोपावर २.३१ प्रतिशतले, लगानी १.५६ प्रतिशतले, जिवन बिमा १.८१ प्रतिशतले, उत्पादन तथा प्रशोधन १.१६ प्रतिशतले, लघुवित्त १.८६ प्रतिशतले, निर्जीवन बिमा १.४२ प्रतिशतले, अन्य समूह १.४५ प्रतिशतले र ट्रेडिङ समूह ३.५५ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ३ : १७ बजे

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको

झापा-५ का मतदातासँग भलाकुसारीमा जुटे बालेन

काठमाडौं – झापा–५ बाट उम्मेदवार बनेका बालेन्द्र साह मतदातासँगको छलफलमा

फराह खान निर्देशनमा फिर्ता, शाहरुखसँग नयाँ फिल्मको तयारी

काठमाडौं– बलिउडकी चर्चित निर्देशक तथा कोरियोग्राफर फराह खानले लामो समयपछि