शेयर बजार राताम्य, ५१ अंकले घट्यो नेप्से  « Khabarhub

शेयर बजार राताम्य, ५१ अंकले घट्यो नेप्से 


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार शेयर बजारमा पहिरो गएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५१.३७ अंकले घटेको हो ।

आज नेप्से १.९१ प्रतिशतले घटेर १६३०.९१ विन्दुमा पुगेको छ । नेप्से घट्दा ५ अर्ब ९३ करोड ५६ लाख ४ हजार बराबरको १ करोड २७ लाख ४५ हजार ७७७ कित्ता शेयर कारोबार भएको छ ।

यस्तै १५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३०४ वटा कम्पनी कारोबारमा आउँदा ६७ हजार ६४८ पटक शेयर किनबेच भएको छ ।

यता १३ समूहमा पनि सबै समूहमा राताम्य छाएको छ । आज बसैभन्दा बढी फाइनान्स समूह ४.४१ प्रतिशतले घटेर ३ हजार ११५.७६ विन्दुमा पुगेको छ भने सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.९१ प्रतिशतले घटेर २१.५२ विन्दुमा पुगेको छ ।

त्यस्तै, वाणिज्य बैंक समूह १।४९ प्रतिशतले, विकास बैंक २.०३ प्रतिशतले, होटेल तथा पर्यटन २.३१ प्रतिशतले, हाइड्रोपावर २.३१ प्रतिशतले, लगानी १.५६ प्रतिशतले, जिवन बिमा १.८१ प्रतिशतले, उत्पादन तथा प्रशोधन १.१६ प्रतिशतले, लघुवित्त १.८६ प्रतिशतले, निर्जीवन बिमा १.४२ प्रतिशतले, अन्य समूह १.४५ प्रतिशतले र ट्रेडिङ समूह ३.५५ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ३ : १७ बजे

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक

कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौं – भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर विभिन्न धार्मिक

त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’

काठमाडौं – त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूमध्ये दुई जनालाई

त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार

रसुवा- भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

सर्लाही– सर्लाहीको बलरामा व्यवस्थित नहरको अभावमा ठूलो धनराशि खर्च गरेर