पाँच महिनामा २० अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता | Khabarhub Khabarhub

पाँच महिनामा २० अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा झण्डै २२ अर्बको विदेशी लगानी प्रतिबद्धता थप भएको छ ।

उद्योग विभागद्वारा सार्वजनिक तथ्यांकअनुसार चालु आर्थिक वर्षको मंसिर महिनासम्ममा ३१९ वटा विभिन्न उद्योगहरूमा २० अर्ब ७७ करोड ७३ लाख ६३ हजार ४ सय रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको हो ।

विभागकाअनुसार चालु आर्थिक वर्षमा आएको कुल लगानी प्रतिबद्धतामध्ये १३८ वटा विभिन्न उद्योगले अटोमेटिक प्रणालीबाट लगानीको स्वीकृति लिएका छन् भने १८१ वटा विभिन्न उद्योगले नियमित प्रकृयाबाट लगानी स्वीकृति लिएका छन् । तथ्यांकअनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म आएको लगानी प्रतिबद्धताको सबैभन्दा ठूलो हिस्सा पर्यटन क्षेत्रको लागि आएको छ ।

१४५ वटा उद्योग पर्यटन क्षेत्रमा, १०६ वटा उद्योग सूचना तथा प्रविधि क्षेत्रमा, ४० वटा उद्योग सेवा क्षेत्रमा, २२ वटा उद्योग उत्पादन क्षेत्र र ५ वटा उद्योगले कृषि क्षेत्रको लागि लगानी प्रतिबद्धता जनाएका छन् ।

 सङ्ख्यात्मक रूपमा जस्तै लगानी प्रतिबद्धताको हिसाबले पनि पर्यटन क्षेत्रमा नै सबैभन्दा धेरै ६२ प्रतिशत अर्थात् १२ अर्ब ७६ करोड ६५ लाख ५९ हजार रुपैयाँ बराबरको आएको छ । त्यस्तै, सेवा क्षेत्रमा दोस्रो धेरै ४ अर्ब ८३ करोड बराबरको लगानी प्रतिबद्धता आएको तथ्यांकले देखाएको छ ।

विभागकाअनुसार नेपालमा सुरुवातदेखि हालसम्म ५ खर्ब ४० अर्ब ५३ करोड ९८ लाख ६० हजार ७०५ रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ भने ३ लाख ३७ हजार ५१४ जनालाई रोजगारी दिने ती कम्पनीले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ६ : ०६ बजे

पूर्व प्रधानमन्त्री र पार्टी प्रमुखहरूले आत्मालोचना गर्दै बिदा लिनुपर्छ : नेता रावल

काठमाडौं – नेकपा (एमाले)का नेता झपट रावलले वर्तमान राजनीतिक दलका

रास्वपाले पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भर्चुअल माध्यमबाट बसेको केन्द्रीय

संयुक्त राष्ट्रसङ्घ प्रतिवेदन: दक्षिण सुडानमा अर्बौं डलर भ्रष्टाचार

नैरोबी – संयुक्त राष्ट्रसङ्घको एक रिपोर्टले दक्षिण सुडानका सरकारी अधिकारीहरूले

‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी

सुर्खेत – ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा