अमेरिकाको एक विद्यालयमा बन्दुकधारीको आक्रमण : दुई जनाको मृत्यु, ६ घाइते « Khabarhub

अमेरिकाको एक विद्यालयमा बन्दुकधारीको आक्रमण : दुई जनाको मृत्यु, ६ घाइते


२ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

सिकागो – अमेरिकाको हाई स्कुलमा भएको गोली प्रहारमा दुई जनाको मृत्यु भएको छ। उक्त घटनामा अन्य ६ जना घाइते भएका छन्।

विन्सकिन्सिन प्रहरीले दिएको जानकारी अनुसार राज्यको राजधानी मेडिसनको अबुन्डान्ट लाइफ क्रिस्चियन स्कुलमा बन्दुकधारीले आक्रमण गरेका हुन्।

आक्रमण लगत्तै प्रहरी पुग्दा दुई जनाको मृत्यु भइसकेको थियो। प्रहरीले एक महिलामाथि शङ्का गरेको छ। टिनएजका एक विद्यार्थी र शिक्षकको ज्यान गएको छ। घाइते मध्यका दुई जना विद्यार्थीको अवस्था चिन्ताजनक छ।

सो घटना भएको विन्सकन्सिन राज्य सिकागोको उत्तर पश्चिममा पर्छ। सो राज्य प्रविधि, स्वास्थ्य र व्यवस्थापनको शिक्षाका लागि अग्रणी मानिन्छ।

घटनापछि विन्सकिन्सिनका गभर्नरले सो राज्यमा २२ डिसेम्बरसम्म झन्डा आधा झुकाउने निर्णय गरेका छन्। फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबिआई)ले त्यहाँ अनुसन्धान भइसकेको जनाएको छ। एफबिआईले स्थानीय शक्तिलाई त्यहाँ प्रयोग गरीसकेको जनाएको हो।

अमेरिकी राष्ट्रपति जो बाइडेनले सो घटना लगायत अन्य धेरै घटनामा दुःख व्यक्त गर्दै नयाँ कानुन आवश्यक रहेको बताएका छन्। उनले विद्यालयमा बन्दुक प्रहारका घटना बढी रहेका कारण यसलाई रोक्न काँग्रेसबाटै नयाँ कानुन पास गर्नुपर्ने कुरामा जोड दिएका हुन्।

उनले बन्दुक प्रहारबाट विद्यार्थीलाई जोगाउन नसक्नु दुःखद विषय भएको बताएका छन्।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  ६ : ०२ बजे

उदयपुरमा भेटिएको शंकास्पद वस्तु नष्ट गरियो

उदयपुर – जिल्लाको चौदण्डीगढी नगरपालिका–२ लाटीखोलास्थित मदन भण्डारी सडकमार्गमा फेला

इजरायल–अमेरिकी आक्रमण : इरानको नयाँ सर्वोच्च नेता चयन गर्ने भवन निशानामा

तेहरान – इजरायल र अमेरिकाले मङ्गलबार इरानको नयाँ सर्वोच्च नेता

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौं – देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौं – इजरायल–अमेरिका र इरानबीचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक

खोटाङमा मतगणनास्थल निर्माण

खोटाङ – खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल तयार पारेको