रवि र छवि थप चार दिन हिरासतमा रहने, मुद्दा दायर गर्ने तयारी | Khabarhub Khabarhub

रवि र छवि थप चार दिन हिरासतमा रहने, मुद्दा दायर गर्ने तयारी


२ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उनका साझेदार छविलाल जोशीसहितला जिल्ला अदालत कास्कीले थप चार दिन हिरासतमा राख्ने अनुमति दिएको छ ।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पछिल्लो पटक थपिएको ५ दिनको म्याद सोमबार सकिएसँगै अदालतमा उपस्थित गराइएका उनीहरूलाई थप चार दिनको म्याद दिएको श्रेस्तेदार राजन खनालले बताए ।

लामिछाने र जोशीसहित ५१ जनाविरुद्ध आगामी शुक्रबारसम्म जिल्ला अदालत कास्कीमा अभियोगपत्र दायर गर्नेगरी सरकारी वकिल कार्यालयले तयारी गरिरहेको छ । त्यही तयारीका लागि अदालतले उनीहरूलाई थप ४ दिन हिरासतमै राख्ने अनुमति दिएको हो ।

प्रहरीले सोमबार नै सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाइसकेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध तीनवटा अभियोगमा मुद्दा चलाउन सरकारी वकिलकहाँ सिफारिस गरेको छ ।

गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको समेत मुद्दा भएकाले ९० दिन अनुसन्धान गर्न पाउने कानूनी व्यवस्था छ ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्कका सञ्चालक एवम् पूर्वडीआईजी जोशी पक्राउ परेको पुस ५ गते ९० दिन पुग्दैछ । लामिछानेलाई पनि जोशी पक्राउ परेको मितिबाट म्याद मिलाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले सोमबार बुझाएको प्रतिवेदन अध्ययन गरिरहेको सरकारी वकिल कार्यालयले अदालतमा अभियोजन दर्ता गर्ने तयारी गरिरहेको छ । त्यतिञ्जेलका लागि आज रविलाई म्याद थप गरेर हिरासतमा राख्ने अनुमति लिइएको हो ।

यसअघि सातपटक म्याद थप गर्दै हिरासतमा राखिएका रविलाई आठौंपटक म्याद थप गरिएको छ । अब छविलाल पक्राउ परेको ९० दिनभित्र मुद्दा अदालत लगिँदैछ ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  १ : ३० बजे

सुदूरपश्चिम प्रदेशसभाः राजस्व र व्ययको अनुमानमाथि छलफल

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशसभामा आज सरकारको आगामी आर्थिक वर्ष २०८२/८३

अत्यधिक शरणार्थी फिर्ता हुँदा अफगानिस्तानको स्थायित्वमा असर पर्ने जोखिम

काबुल – अफगान शरणार्थीहरू ठूलो संख्यामा छिमेकी मुलुक इरानबाट आफ्नो

उत्पादन वृद्धि गर्न वैज्ञानिक विधिको प्रयोग गर्नुपर्छ : मन्त्री अधिकारी

काठमाडौं – कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले धान उत्पादन

कप्तानी डेब्यूमै साम्बाको पाँच गोल

काठमाडौं – उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत

यस्तो छ मोहन बस्नेतलाई धरौटीमा छाड्ने अदालतको आदेश

काठमाडौं – विशेष अदालतले नेपाली कांग्रेसका नेता मोहन बस्नेतलाई २५