ट्रम्पले भने- पुटिनसँग सम्झौता गर्न जेलेन्स्की तयार, अब युद्ध रोकौँ « Khabarhub

ट्रम्पले भने- पुटिनसँग सम्झौता गर्न जेलेन्स्की तयार, अब युद्ध रोकौँ


२ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

वासिङ्गटन डिसी– अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध रोक्न अपिल गरेका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग युद्ध रोक्न वार्ता गर्नेसमेत उनले बताएका छन् ।

सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले युद्ध रोक्न जेलेन्स्की पुटिनसँग सम्झौता गर्न तयार हुनुपर्ने बताए । युद्ध रोक्न दुवै देशले सम्झौता गर्नुपर्छ । यद्यपि, ट्रम्पले युद्ध रोक्ने आफ्नो योजनाको कुनै विवरण भने दिएनन्।

ट्रम्पले युद्धका कारण अधिकांश विवादित क्षेत्र भग्नावशेषमा परिणत भएको र यसलाई मर्मत गर्न १०० वर्षभन्दा बढी समय लाग्नेसमेत बताएका छन् । उनले भने, ‘त्यस्ता धेरै सहर छन्, जहाँ एउटा पनि भवन बाँकी छैन, सबै नष्ट भएको छ।’

‘रुस–युक्रेन युद्धका धेरै तस्बिरहरू छन्, जसमा शव नराम्रो अवस्थामा परेका छन् । यी देख्दा मलाई सन् १८६१–१८६५ को अमेरिकी गृहयुद्धका भयावह दृश्यको याद आउँछ,’ उनले भने ।

यसअघि अमेरिकी चुनावका बेला ट्रम्पले बाइडेन प्रशासनले युक्रेनलाई दिएको अर्बौं डलरको सहायतामाथि प्रश्न उठाएका थिए ।

गत साता टाइम म्यागजिनलाई दिएको अन्तर्वार्तामा ट्रम्पले आफू रुस–युक्रेन युद्ध जतिसक्दो चाँडो रोक्न चाहेको पनि बताएका थिए ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  ४ : ४७ बजे

खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई ‘तुच्छ’ भन्न मिल्दैन : प्रवक्ता पोखरेल

काठमाडौं- खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई लिएर सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित

अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेट–रिपब्लिकनबीच कडा प्रतिस्पर्धा

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको बाँकी दुई वर्षको राजनीतिक

जेन-जीका फौजदारी मुद्दा फिर्ता लिँदै सरकार, प्रतिवेदन गृह मन्त्रालय पठाइयो

काठमाडौं– सरकारले जेन-जी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन

झलनाथ खनालले अघि सारेको १५ बुँदे विशेष प्रस्तावमा के छ ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालको अगुवाइमा सुरु भएको ‘समाजवादी जागरण

बबरमहलमा आकाशे पुल जडान, भर्‍याङ राखेपछि सञ्चालनमा आउने (तस्बिरहरू)

काठमाडौं– माइतीघर–नयाँ बानेश्वर सडकखण्डअन्तर्गत बबरमहलमा पैदलयात्रीका लागि आकाशे पुल बनाइँदै