कांग्रेस–एमालेको सरकार ढल्दैन, कसैले धुपबत्ती नगरे हुन्छ : सूर्य थापा | Khabarhub Khabarhub

कांग्रेस–एमालेको सरकार ढल्दैन, कसैले धुपबत्ती नगरे हुन्छ : सूर्य थापा


२ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले सहकारी ठग जहाँसुकै भए पनि कानुनको दायरामा आउने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कारमा उनले संसदीय विशेष समितिले दिएको प्रतिवेदनअनुसार कारवाही अघि बढेकाले सहकारी ठग जहाँसुकै भए पनि कानुनी दायरामा आउने बताए ।

ज्योति गुरुङ अमेरिकामा रहेको आफूहरूले प्रतिवेदनमा उल्लेख गरिसकेकाले उनी र ज्योतिबहादुर भण्डारीको नाममासमेत रेडकर्नर नोटिस जारी गरिसकेको उनले बताए ।

त्यस्तै, सहकारी ठगी अभियोगमा फरार गितेन्द्रबाबु राईको राहदानीसमेत रोक्का भइसकेको उनको भनाइ छ । उनले रवि लामिछानेलाई सरकारले नभएर त्यही प्रतिवेदनको आधारमा पक्राउ गरिएको भन्दै न्यायालयको आदेशलाई सबैले स्वीकार्नुपर्नेमा जोड दिए ।

रास्वपाको विरोध प्रदर्शनलाई उनले अनैतिक, अराजनीतिक र गैरजिम्मेवार कामको संज्ञा दिएका छन् ।

सरकार नढल्ने

थापा क्षेत्रीले कांग्रेस–एमालेसहितको गठबन्धन सरकार कसैले ढाल्न नसक्ने बताएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले कसैले धुपबत्ती गरेर सरकार नढल्ने बताएका हुन् ।

उनले अहिले केही मान्छेहरुले भारतीय गुप्तचार संस्था ‘रअ’ का फेक पात्र सिर्जना गरेर सरकार ढल्न लागेको प्रचार गरिरहेको बताए ।

ती मान्छेहरूले नेपालको सरकार ६/६ महिनामा ढलोस् भन्ने चाहेको उनको भनाइ छ । त्यस्ता मान्छेहरूको प्रयासले वर्तमान सरकार नढल्ने उनले बताए ।‘तिनले कुनै धुपबत्ती नगरे हुन्छ’, उनले भने ।

प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी भइरहेको पनि उनले बताए । उनले यही पुसको अन्तिम साता प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने बताए ।
‘प्रधानमन्त्रीको भारत भ्रमण भएन, चीन भ्रमण भयो । अब सरकार ढल्ने भयो भनेर गोखरधन्दा गर्नेहरूको एउटा पंक्त्ति काठमाडौंमा जीविका गरिरहेको थियो । तिनीहरूले कान खोलेर सुने हुन्छ, थाहा पाए हुन्छ, प्रधानमन्त्रीको भारत भ्रमण तयारी अगाडि बढेको छ । पुसको अन्तिम हप्ता उहाँ भारत भ्रमणमा जाने प्रक्रिया अगाडि बढेको छ,’ उनले भने ।

त्यस्तै, प्रधानमन्त्री ओलीले चीन, भारत, अमेरिका जहाँ गए पनि नेपाल कार्ड प्रयोग गर्ने र देशको हित हुने काम गर्ने उनले बताए ।

‘चाइना कार्ड प्रचण्डजीको हो । केपी शर्मा ओलीजीले चीन जाँदा पनि र भारत जाँदा पनि नेपाल कार्ड, युएन जाँदा पनि, अमेरिका जाँदा पनि उहाँले नेपाल कार्ड प्रयोग गर्नुहुन्छ’, उनले भने, ‘नेपालको हितमा नहुने कुनै पनि काम गर्नुहुन्न । नेपालको हितमा हुने जुनसुकै कामका लागि उहाँ आँखामा आँखा जुधाएर छलफल गर्न उहाँ तयार हुनुहुन्छ ।’

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  ४ : ५७ बजे

प्रतिनिधिसभा बैठक : सत्तापक्षीद्वारा बजेटको स्वागत, विपक्षी विरोधमा

काठमाडौं- सत्तारुढ दलका सांसदहरुले जनअपेक्षा र यथार्थपरक बजेट आएको भन्दै

बजेटले निर्धारण गरेका प्राथमिकता र लक्ष्य उपयुक्त रहेका छन् : सांसद कार्की

काठमाडौं– सत्तारुढ दलका सांसदहरूले जनअपेक्षा र यथार्थपरक बजेट आएको भन्दै

साउथ फिल्म खेल्न लागेका हुन् ऋतिक रोशन ?

काठमाडौं – बलिउड कलाकारहरु अहिले धमाधम दक्षिण भारतीय फिल्म साइन

बाजुरामा बन्यो ‘शान्ताको अचार’, उद्यममा जोडिए महिला 

नेकपा एमाले पोलिटब्युरो सदस्य शान्ता चौधरी बाजुरा आएको दश दिन

विलासिता कर फिर्ताको माग गर्दै सुनचाँदी व्यवसायी निरन्तर आन्दोलनमा (तस्बिरहरू)

काठमाडौं– सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी