साङ्ग्रिला डेभलपमेन्टले ३.८४ प्रतिशत बोनस दिने  « Khabarhub

साङ्ग्रिला डेभलपमेन्टले ३.८४ प्रतिशत बोनस दिने 


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट ३.८४ प्रतिशत बोनस दिने भएको छ ।

कम्पनीको मंगलबार बसेको ३५१औँ सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १३ करोड १८ लाख ७८ हजार ३३४ रुपैयाँ बराबरको बोनस दिने भएको हो ।

कम्पनीका सचिव सुजनबाबु अधिकारीले बैंकले चुक्ता पुँजीको १२ करोड ५२ लाख ८४ हजार ४१७ रुपैयाँ बराबर हुन आउने ३.६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ६५ लाख ९३ हजार ९१७ हजार रुपैयाँ बराबरको हुन आउने ०.१९ प्रतिशत नगद लाभांश दिने जानकारी दिए ।

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ४३ करोड ९ लाख ७१ हजार ३०३ रुपैयाँ रहेको छ ।

बैंकले प्रस्ताव गरेको उक्त बोनस नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकको आगामी वार्षिक साधारणसभाले पास गरेपछि शेयरधनीलाई वितरण गरिने बताएको छ ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ११ : ५५ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,