साङ्ग्रिला डेभलपमेन्टले ३.८४ प्रतिशत बोनस दिने  | Khabarhub Khabarhub

साङ्ग्रिला डेभलपमेन्टले ३.८४ प्रतिशत बोनस दिने 


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट ३.८४ प्रतिशत बोनस दिने भएको छ ।

कम्पनीको मंगलबार बसेको ३५१औँ सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १३ करोड १८ लाख ७८ हजार ३३४ रुपैयाँ बराबरको बोनस दिने भएको हो ।

कम्पनीका सचिव सुजनबाबु अधिकारीले बैंकले चुक्ता पुँजीको १२ करोड ५२ लाख ८४ हजार ४१७ रुपैयाँ बराबर हुन आउने ३.६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ६५ लाख ९३ हजार ९१७ हजार रुपैयाँ बराबरको हुन आउने ०.१९ प्रतिशत नगद लाभांश दिने जानकारी दिए ।

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ४३ करोड ९ लाख ७१ हजार ३०३ रुपैयाँ रहेको छ ।

बैंकले प्रस्ताव गरेको उक्त बोनस नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकको आगामी वार्षिक साधारणसभाले पास गरेपछि शेयरधनीलाई वितरण गरिने बताएको छ ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ११ : ५५ बजे

गाजामा मानवीय सङ्कट गहिरिँदै, सहायता लिन गएकामाथि आक्रमण

जिनेभा – संयुक्त राष्ट्रसंघका मानव अधिकार विज्ञहरूले गाजाको दक्षिणी क्षेत्रमा

बाढी बस्तीमा पसेपछि १४० घरपरिवार जोखिममा

भक्तपुर – चाँगुनारायण नगरपालिका–१ बेंसीमा मनोहरा खोलाले कटान गरी बाढी

गौरापर्वको पहिलो दिन घरघरमा विरुडा राखियो

कञ्चनपुर – सुदूरपश्चिममा आजदेखि गौरापर्व विधिवत् रुपमा सुरु भएको छ

माओवादी केन्द्रले भन्यो : उखु किसानको सम्पूर्ण बक्यौता भुक्तानी गरियोस्

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आन्दोलनरत उखु किसानको

पर्सामा पनि जापनिज इन्सेफ्लाइटिसका बिरामी भेटिए

पर्सा – पर्सामा जापानिज इन्सेफलाइटिसका दुई बिरामी देखापरेका छन् ।