बनाइयो ‘आँसु बन्दुक’, रुवाउनेलाई हान्न सकिने « Khabarhub

बनाइयो ‘आँसु बन्दुक’, रुवाउनेलाई हान्न सकिने


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं– अहिलेहाल सामाजिक सञ्जालमा एउटा अनौठो र भावनात्मक कथा भाइरल भइरहेको छ, जसले कलालाई नवीनतम स्वरूप दिएको छ ।

ताइवानकी एक महिला कलाकार ‘यी फेई चेन’ले आफ्नो आँसु जम्मा पारी जमाएर प्रहार गर्न मिल्ने बन्दुक डिजाइन गरेकी हुन् । चर्चा सोही बन्दुकबारे हो ।

जमाइएको आँशु बन्दुकमा राखी चोट पुराउनेहरूलाई प्रहार गर्न मिल्छ । यो अनुपम र रचनात्मक कलाकृति सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । पक्कै पनि मानिसहरूले यस्तो नवीनता विरलै देखेका छन्‌ ।

यी फेई चेनले यो अनौठो बन्दुक तब डिजाइन गरिन्, जब एक शिक्षकसँग असाइनमेन्टबारे बहस भयो। त्यो बहसका क्रममा उनी निकै भावुक भइन्, उनको आँखाबाट आँशु नै रोकिएन । उनी त्यहाँबाट बाहिरिइन्‌ ।

एकछिन पछि उनले महसुस गरिन्‌ कि आँसुले भावनालाई मात्र होइन, उनको कमजोरी पनि झल्काउँदै थियो । त्यहीँबाट उनलाई ‘गन अफ टियर्स’ को आइडिया आयो ।

चेनद्वारा डिजाइन गरिएको यो बन्दूकको काम अद्वितीय छ। यो बन्दुकले कुनै पनि व्यक्तिको आँसु सङ्कलन गर्न सक्छ र त्यसपछि तिनीहरूलाई फ्रिज गर्छ ।

जब आँसु बरफमा परिणत हुन्छ, सो बरफलाई बन्दुकमा राखेर मानिसको भावनामा चोट पुर्‍याउनेमाथि प्रहार गरिन्छ । यो बन्दुकले प्रतीकात्मक रूपमा भावनाहरूलाई व्यक्त गर्दछ, जुन दुःख र पीडाको समयमा मानिसहरूले अनुभव गर्छन्।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  २ : १० बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना