काठमाडौं- नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगितामा तीन अर्धशतक प्रहार गर्ने एक्ला खेलाडी बनेका छन् चितवन राइनोजका रवि बोपारा ।
बुधबार भएको एलिमिनेटर प्रतिस्पर्धामा बोपाराले कर्णाली याक्सविरुद्ध तेस्रो अर्धशतक पूरा गरेका हुन् । उक्त खेलमा उनले ३४ बलमा ४ छक्का र ३ चौका मद्दत ५३ रन जोडे ।
यसअघि बोपाराले लिग चरणको खेलमा कर्णालीविरुद्ध नै दोस्रो अर्धशतक प्रहार गरेका थिए । त्यस खेलमा उनले अविजित ५९ रन जोडेका थिए ।
बोपाराले जारी प्रतियोगितामा पोखरा एभेन्जर्सविरुद्ध पहिलो अर्धशतक प्रहार गरेका थिए । त्यस खेलमा उनले ५१ रन जोडेका थिए ।
दुई अर्धशतक प्रहार गर्ने खेलाडीहरूको सूचीमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल र कर्णालीका विलियम बिसिस्टो पनि छन् ।
यससँगै प्रतियोगितमा सबैभन्दा बढी रन बनाउने पनि बोपारा नै बनेका छन् । उनले लुम्बिनीका कप्तान रोहित पौडेललाई पछि पार्दै सबैभन्दा बढी रन जोड्ने ब्याटर बनेका हुन् ।
रोहितले लिग चरणको ७ खेलमा दुई अर्धशतकसहित २९७ रन बनाएका थिए । बोपाराले लिग चरणको सात र एलिमिनेटरको एक खेलमा गरी जम्मा ८ खेलमा २८६ रन जोडेका हुन् ।
प्रतिक्रिया