वैदेशिक रोजगारीमा ज्यान गुमाउनेको सम्झनामा बालियो द्वीप (तस्बिरहरू) | Khabarhub Khabarhub

वैदेशिक रोजगारीमा ज्यान गुमाउनेको सम्झनामा बालियो द्वीप (तस्बिरहरू)


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तर्राष्ट्रिय आप्रवासी दिवसका अवसरमा बुधबार काठमाडौंमा दीप प्रज्ज्वलन गरिएको छ।

वैदेशिक रोजगारीमा गएर जीवन गुमाएका नेपालीहरूको सम्झनामा दीप प्रज्वलन गरिएको हो ।

आप्रवासनका क्रममा ज्यान गुमाएका १४ हजार २२४ नेपाली कामदारलाई श्रद्धाञ्जली दिन भृकुटीमण्डपमा दीप प्रज्वलन गरिएको हो ।

प्रवासी नेपाली कोअर्डिनेशन कमिटी, सुरक्षित अध्यागमनको लागि राष्ट्रिय सञ्जाल र श्रम तथा रोजगार मन्त्रालयद्वारा गठित अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०२४ को मूल समारोह समितिले द्वीप प्रज्ज्वलन गरेका हुन् ।

नेपाली श्रमिकको विदेशमा मृत्यु हुने संख्या डरलाग्दो छ । पछिल्लो १० वर्षमा १० हजारभन्दा बढी नेपालीले विदेशमा ज्यान गुमाएका छन् ।

अन्तर्राष्ट्रिय प्रवास श्रमिक दिवसमा जिफन्टले निकालेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७१/७२ देखि २०८०/८१ सम्म अर्थात् १० वर्ष अवधिमा वैदेशिक रोजगारी क्रममा १० हजार २ सय ७४ नेपालीले ज्यान गुमाएका छन् ।

गत आवमा मात्र १ हजार ४ सय ९२ नेपाली श्रमिकले ज्यान गुमाए। ५ सय ७८ जना अंगभंग भई स्वदेश फर्किएको वैदेशिक रोजगार बोर्डले जनाएको छ।

२०७१/७२ मा ६ महिला र १ हजार पुरुषको प्रवासमा ज्यान गएको थियो । २०७२/७३ मा २४ महिला र ७ सय ८९ पुरुष गरी ८१३ को मृत्यु भएको देखिन्छ । २०७३/७४ मा १८ महिला र ७ सय ३७ पुरुष गरी प्रवासमा ७ सय ५५ जनाको ज्यान गएको थियो ।

तस्बिरहरू : नेपाल फोटो पुस्तकालय

 

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ७ : ३५ बजे

सांस्कृतिक संस्थानले ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना गर्ने

काठमाडौं – सांस्कृतिक संस्थानले आगामी साउनमा ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना

सभापति देउवाद्वारा पूर्वनिर्वाचन आयुक्त शर्माको निधनप्रति दुःख व्यक्त

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन

बैंककमा पनि मनाइयो २१२औँ भानु जयन्ती

काठमाडौं– २१२ औँ भानु जयन्तीको विशेष अवसर पारेर आज आइतबार

गैरआवासीय नेपाली सङ्घमा ‘केसी समूह’ महाधिवेशनको तयारीमा

काठमाडौं– गैरआवासीय नेपाली सङ्घको ‘डा बद्री केसी समूह’ सङ्घको १२औँ महाधिवेशन