मेडिकल विद्यार्थी आन्दोलित भएपछि सुरक्षा घेरामा आइओएम « Khabarhub

मेडिकल विद्यार्थी आन्दोलित भएपछि सुरक्षा घेरामा आइओएम


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मेडिकल विद्यार्थीको आन्दोलन चर्किदै गएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) को सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।

मेडिकल शिक्षाका नाममा सरकारी मेडिकल कलेजहरुले नै ठगी गरेको भन्दै मेडिकल विद्यार्थीले आइतबार आइओएमको परीक्षा नियन्त्रण शाखा र डिनको कार्यलयमा तालाबन्दी गरेका थिए । आइओएमले परीक्षा नियन्त्रण शाखाको ताला खुलाइए पछि बुधबार बिहान ९ बजे विद्यार्थीहरु पुन: तालाबन्दीका लागि आइओएम पुगेका थिए ।

आइओएममा तालाबन्दी गर्न गएका विद्यार्थीलाई प्रहरीले आइओएमभित्र प्रवेश गर्न दिएको छैन । विद्यार्थीहरु आइओएमको प्रवेशद्वार बाहिर नाराबाजी गरिरहेका छन् ।

उनीहरुले आफूहरुको माग पुरा नभएसम्म एमबीबीएस, बीडीएस, नर्सिङ लगायतका मेडिकल शिक्षाका नयाँ भर्नाका लागि भदौ २१,२२ र २३ गते हुन लागेको प्रवेश परीक्षा हुन नदिने अडान राख्दै आएका छन् ।

यता सरकारले भने कुनै पनि हालतमा मेडिकल शिक्षाको नयाँ शैक्षिक शत्रका लागि प्रवेश परीक्षा गराउने भन्दै आइओएममा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी आन्दोलनरत विद्यार्थीलाई प्रवेशमा रोक लगाएको छ ।

आन्दोलनरत विद्यार्थीहरुले संघर्ष समिति नै बनाएर विभिन्न माग राख्दै आन्दोलन गर्दै आएका छन् । उनीहरुले चिकित्सा शिक्षा ऐनमा व्यवस्था भएअनुसार यसै शैक्षित शत्रदेखि ७५ प्रतिशत छात्रावृत्ति हुनुपर्ने, गण्डकी मेडिकल कलेजले विद्यार्थीसँग लिएको बढी शुल्क फिर्ता गर्नुपर्ने र छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीलाई विभिन्न बाहानामा शुल्क उठाउन नपाइने लगायतका ११ बुँदे माग राखेका छन् ।

उनीहरुले आफ्ना मागहरुमा ७५ प्रतिशत छात्रावृत्तिको व्यवस्था, गण्डकी मेडिकल कलेजले लिएको शुल्क फिर्ता र छात्रावृत्तिमा पढेका विद्यार्थीलाई अन्य शुल्क नलिन व्यवस्था मात्रै गरे पनि तत्कालका लागि नयाँ शैक्षित शत्रको प्रवेश परीक्षा नरोक्ने बताएका छन् ।

परीक्षा नै सञ्चालन हुन नदिने भन्दै मेडिकल विद्यार्थीहरु आन्दोलित भएपछि शिक्षा मन्त्रालयले आन्दोलनरत विद्यार्थीसँग वार्ता गर्ने तयारी गर्दैछ ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  ११ : ३० बजे

विश्वकप खेल्ने सबैभन्दा पाका खेलाडी : यो पटक ज्येष्ठ सूचीमा ४१ वर्षे रोनाल्डो

काठमाडौँ – विश्वकप फुटबलको ९६ वर्षको इतिहासमा अहिलेसम्म ४० वर्ष

१२ औषधि आयातमा कडाइ गर्न औषधि उद्योगीद्वारा माग

चितवन– नेपाली औषधि उत्पादकहरुले नेपाली उद्योग आयातको दबाबमा परेको जनाउँदै

निर्धारित समयमा हुन सकेन चेसको राष्ट्रिय च्याम्पियनसिप छनोट

काठमाडौँ – नेपाल बुद्धिचाल महासङ्घको आन्तरिक विवादको असर झापामा ११

रामायण सर्किट बन्न सक्छ नेपाल-भारत सम्बन्धको सेतु

नेपाल–भारत मैत्री सम्बन्धका कतिपय अपरिहार्य तत्त्वमध्ये सांस्कृतिक समानतालाई प्रमुख घटकका

लुम्बिनी प्रदेशसभा बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत सातौँ बैठक आजदेखि आगामी आर्थिक