हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु « Khabarhub

हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु


४ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भियतनामको राजधानी हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ । घटनामा अन्य दुई जना घाइते भएका छन् ।

सरकारी सञ्चारमाध्यममा सार्वजनिक भएका तस्वीरमा पश्चिमी हनोईमा कालो रङ्गको एक अग्लो भवनमा आगलागीबाट क्षति पुगेको देख्न सकिन्छ ।

स्थानीय समयअनुसार बुधबार राति ११:०० बजे आगलागी भएको र त्यहाँ धेरै मानिस फसेको सूचना प्राप्त भएको प्रहरीले जनाएको छ ।

घटनालगत्तै उद्धारकर्मीहरू घटनास्थलमा पुगेका र सात जनालाई जीवितै उद्धार गरिएको छ भने दुई जनालाई अस्पताल लगिएको छ । घटनामा ११ जना मृत अवस्थामा फेला परेको प्रहरीले पुष्टि गरेको छ ।

हनोई प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रहरीले आगलागीमा संलग्न रहेको आशंकामा केही व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । घटनाको प्रारम्भिक अनुसन्धानबाट उक्त क्याफे जानाजानी जलाइएको थियो ।’

सरकारी सञ्चारमाध्यमले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गरी बताएअनुसार आगो यति ठूलो थियो कि कसैले पनि भित्र फसेकाहरूलाई बचाउने आँट गरेनन् ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  ३ : ०१ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको