ब्रेन क्यान्सरसँग हारे विवेक, सिर्जनाले गुमाइन् जीवनसाथी « Khabarhub

ब्रेन क्यान्सरसँग हारे विवेक, सिर्जनाले गुमाइन् जीवनसाथी


४ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ब्रेन क्यान्सरसँग संघर्ष गरिरहेका बर्दियाका विवेक पंगेनीको मृत्यु भएको छ । निरन्तर उपचारका बाबजुद केही दिनदेखि विवेकको स्वास्थ्य अवस्था बिग्रिएको थियो । अस्पतालमा उपचारका क्रममा बुधबार उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

पढाइमा निकै तेज पंगेनी भौतिकशास्त्रमा पीएचडी गर्न छात्रवृत्तिमा वि. सं. २०७९ मा अमेरिका गएका थिए । पार्किन्सन्सले थला परेकी आमाको मृत्यु भएपछि उनी नेपाल फर्किएका थिए ।

आमाको काजकिरिया सकेपछि अमेरिका फर्किने तयारीमा रहँदा उनको स्वास्थ्यमा समस्या देखिएको थियो ।

स्वास्थ्य परीक्षण गर्दा विवेकलाई ब्रेन ट्युमर देखियो । उनी क्यान्सरको चौथो स्टेजमा पुगेको रिपोर्ट आयो । त्यसलगत्तै उनी उपचारका लागि अमेरिका गए ।

पारिवार स्रोतका अनुसार विवेकको अमेरिकाको अस्पतालमा ७० प्रतिशत ट्युमर निकालिएको थियो ।

बाँकी उपचार किमोथेरापी र रेडियसनमार्फत् लामो समयसम्म गर्नुपर्ने चिकित्सकले बताएपछि उनको परिवार आर्थिक सहयोग जुटाउन लागेका थिए ।

‘गो फन्ड’मार्फत् उनीहरूले १ लाख २ हजार डलरभन्दा बढी रकम संकलन गरे। त्यस्तै बैंक खातामा पनि सहयोग आयो ।

पत्नी सिर्जनाले श्रीमानको स्वास्थ्य अवस्थाबारे ट्विटर र टिकटबाटै सार्वजनिक गरिरहन्थिन् । श्रीमानलाई बचाउन सम्पूर्ण बलबुता खर्चिरहेकी उनले आज हारेकी छन्।

सामाजिक सञ्जालमा उनीहरूका धेरै शुभचिन्तक छन् । दम्पत्तिका रुपमा उनीहरू मुना-मदन जस्तै भनेर धेरैले प्रंशसा गर्छन् । सिर्जनाको असीम प्रेम र समर्पणलाई धेरै आदर्श नारीका रुपमा ब्याख्या गर्छन् ।

श्रीमानको अवस्था नाजुक बनेपछि सिर्जनाले ससुरालाई खबर गरेकी थिइन् । परिवारका अनुसार विवेकका पिता मीनराज पंगेनी अमेरिका प्रस्थान गरिसकेका छन् । चार महिनाअगाडि मात्रै विवेकका दाजु विपिनको पनि सडक दुर्घटनामा मृत्यु भएको थियो ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  ३ : २१ बजे

‘जिन्दगीमा हार जित भइरहन्छ’ भन्दै एमाले महासचिवले रास्वपा सिंगो टिमलाई दिए बधाई

काठमाडौँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आम निर्वाचनमा जितको

महेश बस्नेत पराजित भएको भक्तपुर-२ मा शोभा पाठकलाई १९ मत

काठमाडौं – भक्तपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा

समानुपातिकमा पनि रास्वपाकै वर्चस्व, कांग्रेस दोस्रो, राप्रपासँग एमालेको प्रतिस्पर्धा

काठमाडौं – प्रतिनिधि सभाको समानुपातिक निर्वाचनतर्फ हालसम्म ४६,०२० मत गणना

नेमकिपाको किल्ला भक्तपुर–१ मा रास्वपा विजयी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर १ बाट राष्ट्रिय

चितवनमा रवि : तीन वर्षमा तेस्रो जित, निरन्तर आफ्नै रेकर्ड ब्रेक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले तीन