युक्रेनसँगको युद्धमा १०० उत्तर कोरियाली सैनिक मारिएको दाबी « Khabarhub

युक्रेनसँगको युद्धमा १०० उत्तर कोरियाली सैनिक मारिएको दाबी


४ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

मस्को- रसियामा युक्रेनविरुद्ध युद्धमा सहभागी उत्तर कोरियाका १०० जना सैनिक मारिएको दाबी छिमेकी दक्षिण कोरियाले गरेको छ ।

दक्षिण कोरियाका एकजना सांसदले युक्रेनविरुद्ध रूसको तर्फबाट लडिरहेका कम्तीमा पनि १०० जना उत्तर कोरियाली सैनिक मारिएको दाबी गरेका छन् ।

सांसद ली सुङ्ग क्वोनले पत्रकारहरूलाई बताएअनुसार दक्षिण कोरियाको जासुसी सेवाले यसबारे संसद्लाई जानकारी दिएको हो ।

उनले युद्धमा १००० हजारभन्दा बढी उत्तर कोरियाली सैनिक घाइते भएको पनि बताएका छन् । सांसद क्वोनले मारिएका कयौँ सैनिकमा उच्च अधिकारी पनि रहेका बताएका छन् ।

हालै मात्र रुसको तर्फबाट युक्रेनविरुद्ध लड्न १० हजारभन्दा धेरै सैनिक गएको खुलेको थियो ।

सोमबार अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले पनि उत्तर कोरियाली सैनिक मारिएको पुष्टि गरेको थियो । तर कति मारिए भन्ने स्वतन्त्र पुष्टि भएको छैन ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  ७ : ५६ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते