एक सय ३२ जना महिला र बालबालिकाको उद्धार « Khabarhub

एक सय ३२ जना महिला र बालबालिकाको उद्धार


४ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

पर्सा – माइती नेपाल शाखा कार्यालय वीरगञ्जले सन् २०२४ वीरगञ्ज नाका हुँदै भारततर्फ जान लागेका एक सय ३२ जना बालबालिका तथा महिलाको उद्धार गरेको छ ।

कार्यालयले विभिन्न बाहना देखाएर भारत लैजान लागेका एक सय ३२ जनालाई नेपाल–भारत सीमावर्ती क्षेत्र शङ्कराचार्य गेटबाट उद्धार गरिएको छ । माइती नेपाल शाखा कार्यालय वीरगञ्जका सुपरभाइजर गोमा पौडेलले एक वर्षको अवधिमा भारत लैजान लागिएका एक सय ३२ बालबालिका तथा महिलालाई उद्धार गरिएको जानकारी दिए।

“माइती नेपालले नेपाल–भारतको सीमावर्ती क्षेत्र नजिक पर्ने शङ्कराचार्य गेटमा कर्मचारी खटाएर भारत लैजान लागेका बालबालिका तथा महिलाको विषयमा नियमित रुपमा निरीक्षण गर्दै आइरहेको छ”, उनले भने, “सो क्रममा शङ्कास्पद गतिविधि देखिएकालाई उद्धार गरेर आवश्यक परामर्श दिँदै आइएको छ ।”

माइती नेपालले भारतको पटनास्थित ‘उई विनर’ नेटवर्किङमा काम गर्न जान लागेका ३५ जनालाई सीमा क्षेत्रबाटै उद्धार गरेको छ । सानै उमेरमा प्रेममा परेर भारतीय प्रेमीलाई भेट्ने निहुँमा हिँडेका २९ जना किशोरीलाई उद्धार गरेको छ । कार्यालयले विहारका विभिन्न जिल्ला घुम्न जाने बाहना गर्ने २७ जना, काम गर्न जान लागेको बाहना देखाउने १७ जना र समान किन्न जान लागेको बाहना देखाउने १४ जनालाई उद्धार गरेर फिर्ता ल्याएको छ । उद्धार गरिएकामध्ये १८ वर्षसम्मका उमेर समूहका ५४ जना र १९ वर्षमाथिका उमेर समूहका ७८ जना रहेका छन् ।

कार्यालयले सन् २०२३ मा भने सीमा क्षेत्रबाट एक सय ९२ जना बालबालिका तथा महिलाको उद्धार गरेको थियो । माइती नेपालका वीरगञ्ज कार्यालयका सुपरभाइजर पौडेलले भारतमा जनचेतनाका कारण मानवबेचविखनका लागि लैजाने प्रवृत्तिमा भने केही कमी आएको बताए ।

माइती नेपालले एक वर्षमा सीमा क्षेत्रमा २१ हजार तीन सय ७२ स्थानीय सवारीसाधनमा जाँच गरेको थियो । जाँचका क्रममा २५ हजार छ सय १५ जनालाई सीमा क्षेत्रमा मानवबेचविखनसम्बन्धी परामर्श गरेको थियो । कार्यालयले सन् २०२३ मा भारतका विभिन्न राज्यबाट १८ जना बालबालिका तथा महिलाको उद्धार गरेको जनाएको छ ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  ८ : २१ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी