पाकिस्तानले जित्यो शृङ्खला : अफ्रिदिको चार विकेट, बाबर, रिजवान र कमरानको शानदार अर्धशतक « Khabarhub

पाकिस्तानले जित्यो शृङ्खला : अफ्रिदिको चार विकेट, बाबर, रिजवान र कमरानको शानदार अर्धशतक


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


723
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्धको एक दिवसीय शृङ्खला जितेको छ। तीन खेलको शृङ्खलामा २–० को अग्रता लिएपछि पाकिस्तानको शृङ्खला एक खेल अगाडि नै जितेको हो।

बिहीबार केप टाउनमा भएको दिवा रात्रि खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई ८१ रनले हराएको हो। ३३० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४३ दशमलव १ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २४८ रनमा सीमित भयो। दक्षिण अफ्रिकाका लागि हेन्रिक क्लासेनले ९७ रन प्रहार गरे पनि त्यो जितका लागि पर्याप्त भएन।

७४ बलको सामना गरेका उनले चार चौका र ८ छक्का प्रहार गरेका थिए। दक्षिण अफ्रिकाका टोनी डे जोर्डीले ३४ तथा डेभिड मिलरले २९ रन प्रहार गरे।

पाकिस्तानका सहिन शाह अफ्रिदीले ८ ओभरमा ४७ रन खर्चिँदै ४ विकेट लिए। नसिम शाहले ८ दशमलव १ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १ बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाउँदै ३२९ रनको योगफल खडा गरेको थियो।

पाकिस्तानका कमरान गुलहामले विस्फोटक ब्याटिङ गर्दै ३२ बलमा ६३ रन जोडे। उनले ४ चौका र ५ छक्का प्रहार गरे। यस बापत उनी म्यान अफ द म्याच बने।

कप्तान मोहम्मद रिजवानले ८२ बलमा ८० रन जोडे। उनले ७ चौका र ३ छक्का प्रहार गरे। बाबर आजमले ७३ रन प्रहार गरे। दक्षिण अफ्रिकाका क्वेना मापाखाले ४ विकेट लिए पनि उनी महँगो साबित भए। उनले उनले ९.५ ओभरमा ७२ रन खर्चे। मार्को जेन्सनले १० ओभरमा ७१ रन खर्चिँदै ३ विकेट हात पारे।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ५ : ५४ बजे

अस्पताल भवन निर्माण अलपत्र

खोटाङ– ठेकेदार कम्पनीको लापरबाहीका कारण जन्तेढुङ्गा गाउँपालिका, ५ चिसापानी बजारमा

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान गर्ने

आर्मेनियाली नरसंहारलाई मान्यता दिएको इजरायलको निर्णयप्रति अजरबैजान असन्तुष्ट

बाकु- इजरायलले पहिलो विश्वयुद्धका क्रममा आर्मेनियालीमाथि भएको हत्यालाई नरसंहारका रूपमा औपचारिक

स्वर्णीमको जवाफ- १२ वर्षकै सबैभन्दा अनुशासित बजेट ल्यायौँ, कार्यान्वयनमा शंका नगरौँ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले पछिल्लो १२ वर्षमा सबभन्दा अनुशासित

विष्णु पौडेलको हिरासत म्याद तीन दिन थप

काठमाडौं – सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका  पूर्वअर्थमन्त्री विष्णु प्रसाद