नौ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण « Khabarhub

नौ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले तीन वर्षअघि मुलुकका प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल बनाउने योजना अघि बढाएको थियो । हालसम्म नौ स्थानीय तहमा मात्र आधारभूत अस्पताल  निर्माण गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तथ्यांक अधिकृत सूर्यबहादुर खड्काका अनुसार हाल चार सय २५ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको काम भइरहेको छ । मन्त्रालयले अस्पताल नभएका ६ सय ५७ स्थानीय तहमा आधारभूत अस्पताल बनाउने निर्णय गरेको थियो ।

‘सतचालिस स्थानीय तहमा सम्झौताअनुसार अस्पताल निर्माण गर्न रकम विनियोजन गरिएको छ । चालु आर्थिक वर्ष २०८१-८२ मा ८४ स्थानीय तहमा चार अर्ब ४३ करोड पठाइसकेका छौँ’, अधिकृत खड्काले भने।

सरकारले पहिलो चरणमा तीन सय ९६ र दोस्रो चरणमा दुई सय ६१ स्थानीय तहमा अस्पताल बनाउने निर्णय गरेको थियो । केही पालिकामा जग्गा विवाद र राजनीतिक कारण निर्माण कार्य अघि बढ्न सकेको छैन । सरकारले तीन सय ९६स्थानीय तहमा निर्माणको स्रोत सुनिश्चित गरिसकेको छ । दुई सय ६१ पालिकामा अस्पताल निर्माण गर्न स्रोत सुनिश्चित भएको छैन ।

‘स्रोत सुनिश्चित नभएका स्थानीय तह आफैले अस्पताल बनाइरहेका छन् । सिन्धुपाञ्चोकको सुनकोसी गाउँपालिका आफैले अस्पताल भवन बनाएको छ’, अधिकृत खड्काले भने।

 उनका अनुसार अहिलेसम्म तीन सय ९६ पालिकामा अस्पताल बनाउन ५१ अर्ब ८४ करोड ५५ लाख र दुई सय ६१ पलिकाका लागि तीन अर्ब २० करोड विनियोजन गरिएको छ ।

विसं २०७७ मा  प्रधानमन्त्री केपी शर्मा ओलीले पालिका तहमा पाँच, १० र १५ श्ययाको अस्पताल निर्माण गर्ने निर्णय गरेका थिए । त्यही अनुसार ८० पालिकामा पाँच श्ययाको, एक सय ५४ पालिकामा १० श्यया तथा चार सय २३ पालिकामा १५ श्ययाका अस्पताल निर्माण गर्न थालिएको हो ।

सरकारले पाँच श्ययाका लागि रु सात करोड ११ लाख ९८ हजार, १० श्ययाका लागि रु १० करोड ८३ लाख ३६ हजार र १५ श्ययाका लागि रु १८ करोड ६ लाख ४२ हजार विनियोजन गरेको छ ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  १२ : ३८ बजे

अनौठो शैलीका कारण कङ्गोली फ्यानलाई अमेरिकले दिएन भिसा

काठमाडौँ – प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) का प्रख्यात ‘सुपरफ्यान’

आरोही फुञ्जो बनिन् चुननुब्रीको पर्यटन सद्भावना दूत

गोरखा– कीर्तिमानी आरोही फुञ्जो झाङ्मु लामालाई चुमनुब्री गाउँपालिकाले पालिकाको पर्यटन

कञ्चनपुरको विकट बस्ती मसेट्टीमा निःशुल्क आँखा शिविर

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका– ९ खल्ला मसेट्टीमा निःशुल्क आँखा शिविर

‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि हुँदै

कर्णाली– ‘कर्णाली क्रिकेट कप २०८३’ आज (आइतबार)देखि प्रदेश राजधानी सुर्खेतको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर