बागलुङ कालिकामा एक महिनाको भेटी २९ लाख रुपैयाँ « Khabarhub

बागलुङ कालिकामा एक महिनाको भेटी २९ लाख रुपैयाँ


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

बलेवा– बागलुङ कालिका भगवती मन्दिरमा मङ्सिरमा २९ लाख रुपैयाँ बढी आम्दानी भएको छ । कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको अनुसार मङ्सिरमा मन्दिरमा २९ लाख १२ हजार छ सय ९० रुपैयाँ आम्दानी भएकामा १४ लाख ३७ हजार ३९ रुपैयाँ खर्च भएको छ । मङ्सिरमा १४ लाख ७४ हजार छ सय ५१ रुपैयाँ बचत भएको छ ।

गुठीका अध्यक्ष कुमार खड्काका अनुसार मन्दिरमा भक्तजनले समर्पण गरेको भेटीबाट १७ लाख आठ हजार छ सय ४० रुपैयाँ, चामल बिक्रीबाट ३५ हजार एक सय, बोकाबाट एक लाख दुई सय ५० रुपैयाँ, कुखुराबाट सात हजार छ सय, राँगोबाट दुई हजार रुपैयाँ , सटर भाडा तीन लाख नौ हजार पाँच सय ४० रुपैयाँ , विवाहबाट रुपैयाँ, १० हजार पाँच सय रुपैयाँ , वनभोजस्थलबाट एक हजार रुपैयाँ १८ हजार चार सय रुपैयाँ आम्दानी भएको छ ।

कर्मचारीहरूको तलबमा चार लाख पाँच सय रुपैयाँ, बिजुलीमा ३५ हजार नौ सय ३० रुपैयाँ , पूर्वाधार विकासमा पाँच लाख २८ हजार छ सय ९८ रुपैयाँ, पूजा खर्च ५५ हजार, पोशाकमा ५३ हजार रुपैयाँ, विज्ञापन खर्च  छ हजार रुपैयाँ, मेसिन तथा उपकरण २८ हजार रुपैयाँ, खाद्यान्न र आवासमा ७८ हजार रुपैयाँ, मर्मतसम्भारमा १७ हजार रुपैयाँ, यातायात तथा भ्रमणमा एक लाख तीन हजार आठ सय रुपैयाँ खर्च भएको गुठीका कोषाध्यक्ष रमेश खड्काले जानकारी दिए ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ३ : ३८ बजे

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

श्रीलंकाविरुद्ध भारतको लगातार दोस्रो जित : सेफालीको अर्धशतक

काठमाडौं – भारतले महिला टी-२० सिरिजमा श्रीलंकामाथि लगातार दोस्रो जित

जसले एउटै ओभरमा पाँच विकेट लिएर बनाएर दुर्लभ कीर्तिमान !

काठमाडौं – विश्व क्रिकेटमा एउटै ओभरमा पाँच विकेट लिएर एक

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले