‘सुदूरपश्चिममा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको अवधारणा ल्याएका छौँ’ « Khabarhub

‘सुदूरपश्चिममा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको अवधारणा ल्याएका छौँ’


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सुदूरपश्चिम क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्नका लागि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको अवधारणा ल्याइएको बताएकी छन्  ।

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथिको छलफलका क्रममा मन्त्री भट्टराईले सबै पूर्वाधार निर्माण गरेर सुदूरपश्चिम क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ उक्त विश्वविद्यालयको अवधारणा ल्याइएको बताएकी हुन्  ।

सुदूरपश्चिम क्षेत्रमा स्वास्थ्य सेवा प्रवाहलाई सबलीकरण गर्न सोही क्षेत्रबाट नै जनशक्ति उत्पादन गर्न सरकार तयार भएको उनले बताइन् ।

उक्त विश्वविद्यालयको ५५ वटा साना ठूला भौतिक पूर्वाधारमध्ये ५० वटा संरचना निर्माण सम्पन्न भइसकेको ५ वटा सम्पन्न हुन लागेको उनले बताइन् । मन्त्री भट्टराईले चिकित्सा शिक्षा ऐनअनुसार विश्वविद्यालय सञ्चालन गरिने बताइन् ।

बैठकमा समिति सदस्यहरूले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई सहज रूपमा अघि बढाउनका लागि छिटो भन्दा छिटो विधेयकलाई अघि बढाउन सुझाव दिएका थिए ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ३ : ५८ बजे

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

श्रीलंकाविरुद्ध भारतको लगातार दोस्रो जित : सेफालीको अर्धशतक

काठमाडौं – भारतले महिला टी-२० सिरिजमा श्रीलंकामाथि लगातार दोस्रो जित

जसले एउटै ओभरमा पाँच विकेट लिएर बनाएर दुर्लभ कीर्तिमान !

काठमाडौं – विश्व क्रिकेटमा एउटै ओभरमा पाँच विकेट लिएर एक

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले