हङकङविरुद्धको सिरिजमा नेपाली यू-१९ टोलीको क्लिनस्विप « Khabarhub

हङकङविरुद्धको सिरिजमा नेपाली यू-१९ टोलीको क्लिनस्विप


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हङकङको यू-१९ टोलीलाई हराउँदै घरेलु टोली यू-१९ टोलीले तीन खेलको एक दिवसीय शृंखला क्लिनस्विप गरेको छ ।

शुक्रबार भएको तेस्रो तथा अन्तिम खेलमा हङकङको यू-१९ टिम १३० रनले पराजित भएपछि नेपालले सिरिज कब्जा गरेको हो ।

नेपालले दिएको २६६ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १३५ रनमात्रै बनायो ।

हङकङका लागि प्रित म्यानगुकियाले अर्धशतकीय योगदान दिए । नटआउट रहेका उनले ८७ बलको सामना गरेर ५५ रन जोडेका । जुमा ७ चौका पनि थियो ।

त्यस्तै अब्दुर सामदले २३ र कप्तान शिव माथुरले १८ रन जोड्नुबाहेक अरुले दोहोरो अंक छोएनन् ।

बलिङमा नेपालका अभिषेक तिवारी र अफ्रुदिन रैनले समान २-२ विकेट लिए ।

राजेश बोहरा, दीपक सेरला, र सन्तोष यादवले समान एक-एक विकेट लिए। यसअघि माथिल्लो मूलपानी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २६५ रन बनाएको थियो ।

नेपालका लागि तीनजनाले अर्धशतक बनाए । सूर्यांशु कोइरालाले सर्वाधिक ६३ रन बनाए । सन्तोष यादवले ५३ र अभिषेक तिवारीले ५६ रन बनाए ।

९६ बल खेलेका सूर्यांशुले ८ चौका र १ छक्का हान्दा ४१ बलमा तिवारीले ४ चौका र २ छक्का प्रहार गरे । सन्तोषले पनि ४५ बलमा ५ चौका र १ छक्का हाने ।

नरेन भट्टले ३६ रन जोडेको खेलमा सोहिल कुँवरले १३ तथा राजेश बोहराले ११ र निरज यादवले ७ रन थपे । २१ रन नेपालले अतिरिक्त पायो । बलिङमा हङकङका डेनियल म्याप, पार्थ श्रीवास्तव, सयन पुरी र प्रित मान्गुकियाले समान २ विकेट लिए ।

लगातार दुई खेलमा जित निकाल्दै नेपालले ३ खेलको एक दिवसीय यू–१९ सिरिज जितिसकेको थियो । पहिलो खेलमा ३ विकेटको जित निकालेको नेपालले दोस्रो खेलमा हङकङलाई २२६ रनले हराएको थियो ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ४ : ५२ बजे

काठमाडौंका सबै स्थानीय तहमा मतदाता शिक्षा सुरु

काठमाडौं– काठमाडौंका १० निर्वाचन क्षेत्र र ११ स्थानीय तहका १३८

कुलमानको घोषणापत्रमा स्वास्थ्य : मनोसामाजिक परामर्शदेखि हाडजोर्नी सेवा बिस्तारसम्म 

काठमाडौं– कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले आगामी निर्वाचनका लागि

रविको ‘नागरिक करार’ : ‘गफ होइन काम, भाषण होइन परिणाम’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछानेले आइतबार फेसबुकमार्फत्

नेपाल राष्ट्र बैंक ऐन दशौँ पटक संशोधनको तयारी, मस्यौदामाथि सार्वजनिक सुझाव माग

काठमाडौं– अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकसम्बन्धी विद्यमान कानुनी संरचनामा परिमार्जनको

प्रलोपाको चुनावी प्रतिबद्धतापत्र : यस्ता छन् मुख्य नारा र एजेन्डा

काठमाडौं- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’