वडा कार्यालयमै साथीलाई छातीमा छुरा प्रहार गर्ने पक्राउ « Khabarhub

वडा कार्यालयमै साथीलाई छातीमा छुरा प्रहार गर्ने पक्राउ


१८ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको शिवसताक्षी नगरपालिका–८ को कार्यालयमा आज बिहान ११ बजे पुरानो रिसइवीका कारण साथीलाई छातीमा छुरा प्रहार गरी घाइते बनाउने सागर तिम्सिनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोही वडाका २३ वर्षीय तिम्सिनाले शिवसताक्षी–११ बस्ने ३३ वर्षीय सुरज राईलाई छातीमा छुरा प्रहार गरी वडा कार्यालयमै घाइते बनाएका थिए ।

घाइते राईको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पुरानो रिसइवीका कारण राईको छातीमा छुरा प्रहार गर्ने तिम्सिनालाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७६, बुधबार  २ : १५ बजे

क्रियाशील सदस्यतामा समन्वय र सहजीकरण गर्न जिल्ला समितिलाई कांग्रेसको निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियालाई व्यवस्थित, पारदर्शी

चीन-नेपाल सांस्कृतिक उत्पादन बिक्री केन्द्र काठमाडौंमा स्थापना

काठमाडौं– चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७० औं

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर