एनपीएलको उपाधि उचाल्न सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य | Khabarhub Khabarhub

एनपीएलको उपाधि उचाल्न सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जित्नका लागि सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १८५ रनको लक्ष्य दिएको छ । 

कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको हो । 

११ ओभरसम्म विकेटविहीन रहेको जनकपुरले त्यसयताको खेलमा पुनरागमन गरेको हो ।

सुदूरपश्चिमका ओपनरद्वय सैफ जाइब र विनोद भण्डारीले ११७ रनको साझेदारी गरे । ११ ओभरको अन्तिम बलमा उनीहरुको साझेदारी टुटे लगत्तै जनकपुरले लगालग विकेट लिएको हो । 

सैफले ४३ बलमा ५९ रन र विनोदले ३१ बलमा ४१ रन जोडे । उनीहरुबाहेक सुदूरपश्चिमका अन्य ब्याटर चल्न सकेनन् ।

यस्तै ब्रान्डन म्याकमुल्ल र हर्मीत सिंह १४–१४ रन जोडेर आउट भए । कप्तान दीपेन्द्रसिंह ऐरी ७ बलमा ९ रन जोडेर आउट भए ।

स्कट कुग्गेलिजन १० बलमा २ चौकाको सहयोगमा १३ रन जोडे । अन्य खेलाडीले भने दोहोरो रन बनाउन सकेनन् । बलिङतर्फ जनकपुरका किशोर महतो र महोम्मद मोशिनले ३–३ विकेट लिए । जेम्स नीशम र ललित राजवंशीले समान १–१ विकेट लिए ।

अन्तिम ओभरमा सुदूरपश्चिमका स्कट कुग्गेलिजन र नरेश बूढाऐर किशोरकै बलको शिकार बने । महोम्मद एक ओभरमा दुई विकेट लिए । १८ ओभको पहिलो बलमा उनले दीपेन्द्रसिंह ऐरी र पाँचौं बलमा आरिफ शेखलाई आउट गराएका हुन् ।

सुदूरपश्चिमबाट दोस्रो बढी रन बनाउने विनोद भण्डारीलाई ललित राजवंशीले आउट गराए । सुदूरपश्चिमबाट सर्वाधिक रन जोड्ने सैफलाई किशोर ललित राजवंशीमार्फत क्याच आउट गराए ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  २ : ११ बजे

विपन्न परिवारको जीविकोपार्जन सुधार्न बाख्रासँगै डुँड वितरण

कञ्चनपुर– विपन्न वर्गको जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले कञ्चनपुरका नौ वटै

अञ्जना र सुशीलले सुरु गरे ‘परिवर्तन’को छायाङ्कन

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइलीले नयाँ

अझै बनेन धुलिखेल–खावा सडक

काठमाडौं– काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल–खावा सडक समयमै निर्माण नहुँदा यात्रुहरूले सास्ती

पालिकाको अनुदानमा किसानलाई यान्त्रिक हलो वितरण

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा ५३ वटा

भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई भूमि समस्या समाधान आयोगका पदाधिकारीले