एनपीएल : विजेता जनकपुरलाई एक करोड १० लाख पुरस्कार « Khabarhub

एनपीएल : विजेता जनकपुरलाई एक करोड १० लाख पुरस्कार


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को यस संस्करणको उपाधि विजेता टोली जनकपुर बोल्ट्सले एक करोड १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । 

पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा टिमका कप्तान एवम्‌ मार्की प्लेयर आशिफ शेखलाई उक्त रकम बराबरको चेक प्रदान गरिएको हो ।

जनकपुरसँग फाइनलमा हारेको टोली अर्थात् प्रतियोगिताको उपविजेता सुदूरपश्चिम रोयल्सले ५० लाख रुपैयाँ नगद पुरस्कार जितेको छ । 

प्रतियोगितामा तेस्रो स्थान बनाएको कर्णाली याक्सले २० लाख र चौथो स्थान बनाएको चितवन राइनोजले १५ लाख रुपैयाँ नगद पुरस्कार पाएको छ ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ५ : ०६ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका