मोजाम्बिकमा आँधीका कारण ७६ जनाको मृत्यु | Khabarhub Khabarhub

मोजाम्बिकमा आँधीका कारण ७६ जनाको मृत्यु


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – फ्रान्सेली द्वीपसमूह मायोटेमा आएको ‘चिडो’ नामक चक्रवातका कारण मोजाम्बिकमा ७६ जनाको मृत्यु भएको फ्रान्सको ‘नेशनल इन्स्टिच्युट अफ रिस्क एण्ड डिजास्टर म्यानेजमेन्ट’ले शनिबार जनाएको छ ।

हिन्द महासागरको मायोटे टापुलाई चिरेर आइतबार मोजाम्बिकमा आएको चिडो आँधीका कारण सयौँको मृत्यु भएको आशंका गरिएको छ ।

मोजाम्बिकको उत्तरी काबो डेलगाडो प्रान्तमा आएको आँधीका कारण करिब ६२ हजार घरमा क्षति भएको अधिकारीहरूले बताएका छन् ।

अन्तर्राष्ट्रिय आप्रवासन संगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आश्रय, खाद्य र हाइजिन किट, डिग्निटी किट, साबुन र लामखुट्टेको जालीजस्ता गैरखाद्य वस्तु प्रभावित जनसङ्ख्याका लागि अति आवश्यक वस्तुका रूपमा पहिचान गरिएको छ ।’

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ७ : १५ बजे

टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं – काठमाडौंको तारकेश्वरमा मिनी टिपरको ठक्करबाट एक जनाको मृत्यु

कृषि क्षेत्रका समस्या समाधान गर्नेगरी कानुनी सुधार गर्नुपर्छः किसान महासङ्घ

काठमाडौं – कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्नेगरी कृषिसम्बन्धी कानुनी

सन् २०२४ मा चिनियाँ विद्युतीय कार कम्पनी बिवाइडीको विक्रिमा वृद्धि

साङ्घाई – चीनको अग्रणी विद्युतीय कार निर्माता कम्पनी बिवाइडीले सन्

बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने

काठमाडौं – खानेपानीमन्त्री प्रदीप यादवले आगामी वर्षदेखि बर्खामा पनि काठमाडौँमा

आजका समाचार : पूर्वराष्ट्रपतिकहाँ प्रधानमन्त्री, रविविरुद्ध काठमाडौंमा पनि मुद्दा बढ्यो र माओवादीलाई शक्ति राष्ट्रको डर !

एमाले सचिवालय बैठकपछि प्रधानमन्त्रीले भेटे पूर्वराष्ट्रपति, दुई घण्टा छलफल नेकपा