क्रिसमस पार्टी दुर्घटनामा मर्नेको सङ्ख्या पाँच पुग्योः दुई सय बढी घाइते « Khabarhub

क्रिसमस पार्टी दुर्घटनामा मर्नेको सङ्ख्या पाँच पुग्योः दुई सय बढी घाइते


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

जर्मनी – क्रिसमस पार्टीमा कार प्रवेशपछि भएको दुर्घटनामा मर्नेको सङ्ख्या पाँच पुगेको छ। मृतक मध्य एक नौ वर्षीय बालकसमेत छन्। जर्मनीमा भएको दुर्घटनामा परेर शुक्रबार साँझसम्म दुई सय जना घाइते भएको तथा कम्तीमा ४१ जनाको अवस्था गम्भीर भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

एउटा बिएमडब्लु कार ठुलो भीडलाई छिचोल्दै पाँच सय मिटरसम्म कुदेको थियो। यो घटना करिब तीन मिनेटको हो। सो घटनामा आरोपी ५० वर्षीय तालेब अल अब्दुल मोसेन भएको प्रहरीले बताएको छ। उनी सन् २००६ मा जर्मनीमा पुगेका साउदी अरेबियाका भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनी पेसाले चिकित्सक हुन्।

यस घटनाको छानबिन भइरहेको छ। छानबिनमा संलग्नका अनुसार जर्मनीमा साउदी शरणार्थीमाथि हुने व्यवहारको कारण उत्पन्न आक्रोशको परिणामको रूपमा यो घटना भएको पाइएको छ।

कार चालकको कट्टरपन्थी इस्लामिक सङ्गठनसँग कुनै आबद्धता भने फेला परेको छैन। सरकारी वकिलको कार्यालयले उनीमाथि छानबिनसहित मुद्दा दर्ताको तयारी गरिसकेको छ।

अहिलेसम्म उनलाई अन्य कसैको साथ मिलेको पत्तो भएको छैन। घटना भए लगत्तै सय प्रहरी, स्वास्थ्यकर्मी तथा ५० उद्धारकर्ता घटनास्थलमा पुगेका थिए। मागदेवर्गको ४० किलोमिटर दक्षिणमा बस्ने आरोपी कार चालक साइकोथेरापिस्ट हुन्। सन् २००६ मा जर्मनीमा पुगेका उनी सन् २०१६ देखि शरणार्थीको रूपमा छन्।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ६ : ५७ बजे

प्रधानमन्त्री निवासअगाडि धर्ना बसेका राहुल गान्धी र अखिलेश यादव पक्राउ

नयाँदिल्ली : भारतको राजधानी नयाँदिल्लीस्थित प्रधानमन्त्री निवासअगाडि धर्नामा बसेका विपक्षी

‘ओली–प्रचण्डकै नेतृत्वमा वाम एकता सम्भव छैन, नयाँ पुस्ता अगाडि आउनुपर्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट आन्दोलनका प्रभावशाली नेता झलनाथ खनालले लामो समयदेखि

सिँचाइ क्षेत्रको दिगो विकासका लागि तीन तहबीच प्रभावकारी समन्वयमा जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा, जलस्रोत तथा

बिनु यादवलाई महिलामन्त्रीले भनिन्- आवश्यक सहयोग गर्छु

काठमाडौं– सिंहदरबारको मूल प्रवेशद्वारमा विगत आठ दिनदेखि धर्नामा रहेकी बिनु

पशुपति क्षेत्रमा गंगामाई रथयात्रा

काठमाडौं– पाशुपत क्षेत्रमा ऐतिहासिक गंगामाइ जात्रा मनाइएको छ ।  मंगलबार पशुपतिनाथ