सुटिङअघि नै ‘सोल्टिनी’को पोस्टर सार्वजनिक | Khabarhub Khabarhub

सुटिङअघि नै ‘सोल्टिनी’को पोस्टर सार्वजनिक


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गायक प्रकाश सपुत र नायिका परीक्षा लिम्बूको मुख्य भूमिका रहेको फिल्म ‘सोल्टिनी’को पोस्टर छायाङ्न अगाडि नै सार्वजनिक भएको छ ।

निर्देशक अर्जुन सुवेदीले आइतबार प्रकाश र परीक्षा फिचर्ड पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा यी दुई कलाकार भावुक मुद्रामा छन् ।

गत मंसिर दोस्रो सातामा यस फिल्मको निर्माण घोषणा, कलाकार र प्रदर्शन मितिबारे जानकारी दिइएको थियो । त्यस समय पुस १५ बाट छायाङ्कनमा निस्कने निर्माण पक्षले बताएको थियो ।

फिल्ममा प्रकाश र परीक्षासहित विल्सनविक्रम राई, सुब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आलेलगायतको अभिनय रहने छ । प्रदर्शन मिति भने २०८२ असोज ३ गतेलाई तोकिएको छ ।

छायाङ्कन मिति नजिकिएसँगै उनले पोस्टर सार्वजनिक गरेका हुन् । अर्थात् पोस्टर सार्वजनिक गरेर उनले छायाङ्नक निस्कने तयारी पूरा भएको संकेत गरेको बुझ्न सकिन्छ ।

यसै फिल्मबाट प्रकाश र परीक्षा पहिलोपटक सहकार्य गर्दैछन् । निर्देशक सुुबेदीका अनुसार भोजपुरका विभिन्न स्थानमा फिल्मको छायाङ्कन हुनेछ ।

यस फिल्मले जातीय भेदभाव र अमानीय व्यवाहारविरुद्धको कथा उठान गरेको निर्देशक सुबेदीको दाबी छ । फिल्मको लेखका निर्देशक सुबेदी र कुमार भट्टराई हुन् ।

प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण हुने यो चलचित्रका निर्माताह रेजिना बिस्ट र संसार चौलागाईं हुन् ।

सुबेदीकाे निर्देशन रहने यो दोस्रो फिल्म हो । यसअघि उनले ‘रंगेली’ निर्देशन गरेका थिए ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ३ : ५२ बजे

आज २०८२ साल वैशाख ६ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल वैशाख ६ गते शनिबार। वैशाख

बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन स् आफ्नै गाउँ फर्किए

खोटाङ – १८ वर्ष पहिले बसाइँ सरेर गएका बराहपोखरी गाउँपालिका–६

कर्णाली रोजगार कार्यक्रमको कार्यविधि २०८१ स्वीकृत

सुर्खेत – मुख्यमन्त्री कर्णाली रोजगार कार्यक्रमको कार्यविधि २०८१ स्वीकृति गरिएको

वैदेशिक रोजगार व्यवसायलाई सम्मानित र मर्यादित बनाउनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वैदेशिक रोजगार व्यवसायलाई

प्रधानमन्त्रीसँग शिक्षक महासङ्घका पदाधिकारीको छलफल

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल शिक्षक महासङ्घका पदाधिकारीले