रास्वपा नेताहरूलाई रविले बोलाए पोखरा « Khabarhub

रास्वपा नेताहरूलाई रविले बोलाए पोखरा


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले अभियोग पत्र दर्ता गराएपछि रास्वपा नेताहरू पोखरा पुगेका छन् । उनीहरु रविको निमन्त्रणामा पोखरा पुगेका हुन् ।

पार्टी उपसभापति डिपी अर्याल, नेता शिशिर खनाल, विराजभक्त श्रेष्ठ लगायतका नेता पोखरा पुगेका हुन् । उपसभापति स्वर्णिम वाग्लेले भने शनिबार नै रविलाई भेटेर आज विरगञ्ज पुगेका छन् । केही नेताहरु आइतबार बिहान नै पोखरा पुगेका थिए ।

‘सभापति ज्यूले केही नेतासँग गफ गर्छु भनेर बोलाउनुभएको हो’ रास्वपा स्रोतले भन्यो, ‘उहाँलाई भेट्न पोखरा केही नेता जानुभएको छ ।’

जिल्ला सरकारी वकिलको कार्यालयले ४२७ पृष्ठ लामो अभियोग पत्र जिल्ला अदालतमा दर्ता गराएपछि नेताहरू भावी कार्ययोजना बनाउन छलफल गरिरहेका छन् । ‘अहिलेसम्म कार्यवाहक सभापति पनि तोकिएको छैन । उहाँको मुद्दा दर्ता भएपछि यसबारे निर्णय पनि गर्नुपर्ने छ’ रास्वपा नेताले खबरहबलाई भने, ‘सभापति ज्यूले केही नेता भेट्ने योजना बनाउनुभएको छ । भावी योजना र रणनीतिको विषयमा छलफल गर्नुहुनेछ ।’ ती नेताका अनुसार पहिला कार्यवाहक सभापति बन्न रविले नै रोकेका थिए ।

रविसहित उनकी पत्नी निकिता पौडेल विरुद्ध पनि मुद्दा दायर भएको छ । सहकारी संस्थाको बचत रकम ठगीसम्बन्धी आरोपमा गत कात्तिक २ गते काठमाडौंको वनस्थलीबाट पक्राउ परेका पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसहितका व्यक्ति र कम्पनीविरुद्ध मुद्दा दर्ता गरेको हो ।उक्त मुद्दामा ३६ जना व्यक्ति र ८ वटा कम्पनीविरुद्ध सरकारी वकिलले मुद्दा गरेको हो ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ९ : ०४ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको