६ महिनापछि पर्दामा फर्किँदै दयाहाङ « Khabarhub

६ महिनापछि पर्दामा फर्किँदै दयाहाङ


८ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विगतका वर्षमा लगातार दयाहाङ राईका फिल्म प्रदर्शनमा आए । उनी केन्द्रीय भूमिकामा रहेको दुई फिल्मसम्म एकै मितिमा प्रदर्शन भए ।

धेरै फिल्ममा अभिनय गरेका कारण दयाहाङ आलोचित बने । वि.सं. ०८१ को पुससम्म आइपुग्दा उनको अभिनय रहेको चार फिल्म प्रदर्शनमा आइसकेको छ ।

यो वर्ष उनको अभिनय रहेको प्रदर्शनमा आएको फिल्महरु हुन्– डिग्री माइला, मनसरा, गाउँ आएको बाटो र घर ज्वाइँ ।

घर ज्वाइँ गत असार २८ गते प्रदर्शनमा आएको थियो । त्यसयता उनको फिल्म प्रदर्शनमा आएको छ ।

६ महिनापछि दर्शकहरूले दयाहाङलाई पुन पर्दामा देख्न पाउने भएका छन् । उनी केन्द्रीय भूमिकामा रहेको फिल्म ‘कार्साङ’ पुस २६ बाट प्रदर्शनमा आउँदैछ ।

यो वर्ष प्रदर्शनमा आएका चार फिल्ममा दयाहाङ समुदाय केन्द्रित फिल्ममा देखिए । गाउँ आएको बाटोमा राई समुदाय र घर ज्वाइँ मगर समुदायको कथामा केन्द्रित थियो ।

निर्माण पक्षका अनुसार यसपटक दयाहाङ राई शेर्पा समुदायको कथा लिएर दर्शकमाझ आउँदैछन् । शेर्पा समुदायको भुइँ मान्छे संघर्ष साथै उक्त समुदायको संस्कृती पर्दामा उतारिएको निर्देशक यम शेर्पा बताउँछन् ।

दुई साताअघि यस फिल्मको टिजर सार्वजनिक भएको थियो । दर्शकबाट यसले राम्रो प्रतिक्रिया पाएको छ । सामाजिक सञ्जालमा धेरैले ‘अपेक्षितभन्दा राम्रो टिजर हेर्न’ पाएको प्रतिक्रिया दिएका छन् ।

फिल्ममा दयाहाङसहित जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ सुरवीर पण्डितलगायतको अभिनय रहेको छ ।

‘कार्साङ’मार्फत यमले लेखन र निर्देशनमा डेब्यू गर्दैछन् । यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतीमा यो फिल्म बनेको हो । फिल्मको निर्माता र छायाँकार पुरुषोतम स्वयम् हुन् ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ७ : ४६ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा