यसकारण मनाइन्छ क्रिसमस ? यस्तो छ रोचक कथा | Khabarhub Khabarhub

क्रिसमस डे

यसकारण मनाइन्छ क्रिसमस ? यस्तो छ रोचक कथा


१० पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्रिश्चियन धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’ आज मनाइँदै छ । हरेक वर्ष अंग्रेजी क्यालेण्डर अनुसार २५ डिसेम्बरमा येशू ख्रीष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मावलम्बीले यो पर्व मनाउने गर्दछन् ।

यस दिन उपहारहरू साटासाट गरिँदै, क्रिसमस रूख सिँगार्दै, भोज आयोजना गरी गिर्जा घरमा गएर क्रिसमस मनाइन्छ ।

क्रिसमस सुरु हुनु केही दिनअघि देखिनै विभिन्न किसिमका गिफ्ट तथा क्रिसमस ट्री सजाएर राख्ने गरिएको पाइन्छ ।

क्रिसमस विश्वभरका इसाई धर्मावलम्बीहरूले इसा मसिह अथवा जिसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा मनाउने एक पर्व हो । क्रिसमस देखि १२ दिनको उत्सव क्रिसमसटाइडको पनि सुरुवात हुन्छ ।

 यस्तो छ क्रिसमसको कथा

आजभन्दा करिब २ हजार वर्षअघि बाइबलमा उल्लेख भए अनुसार रोम शासन थियो । रोमको शासनबाट बचाउनका लागि जिसस क्राइस्ट धर्तीमा अवतरण गरेका थिए ।

एक कुमारी कन्य म्यारी कहाँ एक देवदूत पठाइयो र भनियो, ‘तिमीले प्रभूको पुत्र जीससलाई जन्म दिनुपर्नेछ ।’ देवदुतले उक्त पुत्र पछि राजा हुने पनि बताए ।

जिससको जन्म हुने दिन कुमारी कन्य म्यारी र जोसेफ बेथलेहतिर जाँदै थिए ।  त्यसबेला बेथलेहम निकै भिड भएको कारणले उनीहरूले त्यस रातका लागि घोडाको तबलामा बसे । त्यहीँ जिससको जन्म भयो त्यो दिन थियो २५ डिसेम्बर । यही कथालाई आधार मानेर ‘क्रिसमस डे’ मनाइन्छ ।

क्रिसमसलाई पश्चिमा समाजले भव्यताका साथ मनाउने गर्छन् । यसबेला घर घरमा क्रिसमस ट्री सजाउने, त्यसमा रंगीचंगी बिजुली बाल्ने, खेलौनाहरु सजाउने जस्ता विधि गरिन्छ ।

यस दिन घरलाई झिलिमिली बनाइन्छ । शान्त क्लजले उपहार लिएर ढोकामा छाडिदिने कथन छ । यस पर्वको खास विशेषता भनेको क्रिसमस ट्री, शान्त क्लज, उपहार नै हो । यतिबेला रातो पृष्ठभूमिमा सेतो फेरो भएको क्रिसमस ह्याट र लुगा लगाउने गरिन्छ ।

शान्त क्लज (जसलाई क्रिसमसको पिता भनिन्छ) यसबेला हरेकको ढोकामा आउँछन् । त्यही कारण पनि घरलाई झिलिमिली बनाइन्छ । शान्त क्लजले उपहार लिएर ढोकामा छाडिदिने कथन छ ।

यस पर्वको खास विशेषता भनेको क्रिसमस ट्री, शान्त क्लज, उपहार नै हो । यतिबेला रातो पृष्टभूमीमा सेतो फेरो भएको क्रिसमस ह्याट र लुगा लगाउने गरिन्छ ।

क्रिसमस ट्रीको महत्व

यस पर्वमा क्रिसमस ट्रीको विशेष महत्व छ । क्रिसमस ट्री सजावट धेरै वर्ष पहिले उत्तरी युरोपबाट सुरु भएको मानिन्छ । तर, त्यस बेला मेला नामको रूख सजाएर जाडो पर्व मनाइन्थ्यो ।

एक विश्वास अनुसार, येशूको जन्ममा खुसी व्यक्त गर्न सबै देवताहरूले क्रिसमस ट्रीलाई सजाएका थिए । यही मान्यता अनुसार क्रिसमसको अवसरमा मानिसहरूले क्रिसमस ट्रीलाई रङ्गिन बत्तीले सजाउने गर्छन् ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ६ : ५२ बजे

विश्वकप छनोट : चिलीमाथि र्जेन्टिनाको जित

काठमाडौं– विश्वकप फुटबल छनोट अन्तर्गत दक्षिण अमेरिकी समूहको खेलमा अर्जेन्टिनाले

इक्वेडरसँग बराबरीमा रोकियो ब्राजिल

काठमाडौं– विश्वकप फुटबल छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोट समूहमा ब्राजिल

आज २०८२ साल जेठ २४ गते शनिबारको राशिफल

काठमाडौं– आज २०८२ साल जेठ २४ गते शनिबार। जेठ शुक्ल

नारायणी रङ्गशालालाई अन्तरराष्ट्रिय खेलग्राम बनाइने

पर्सा – मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को

मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको