रवि संकटमा पर्दा रास्वपामा कार्यवाहक नै कार्यवाहक « Khabarhub

रवि संकटमा पर्दा रास्वपामा कार्यवाहक नै कार्यवाहक


८ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद्को प्रतिनिधिसभा सदस्यबाट निलम्बित रवि लामिछाने संस्थापन सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा कार्यवाहक नै कार्यवाहक देखिएका छन् ।

संगठित अपराध, सम्पत्ति शुद्धीकरण र सहकारी ठगी गरी तीनवटा खेपिरहेका लामिछानेको पार्टीमा सभापतिदेखि प्रवक्तासम्म तीनजना कार्यवाहक देखिएका हुन् ।

रास्वपाले सोमबार सचिवालयको ‘भर्चुअल’ बैठकबाट उपसभापति डोलप्रसाद अर्याल (डीपी)लाई कार्यवाहक सभापति चयन गरेको छ ।

सभापति लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा गम्भीर प्रकृतिका तीनवटा मुद्दा दायर भएपछि रास्वपाले डीपीलाई कार्यवाहक सभापतिमा चयन गरेको हो ।

यसअघि रास्वपामा कार्यवाहक महासचिव र कार्यवाहक प्रवक्ताका भरमा चलेको थियो । डीपी कार्यवाहक सभापति बनेसँगै रास्वपामा तीनजना कार्यवाहक बनेका छन् ।

रास्वपाले प्रवक्तासमेत रहेका महामन्त्री डा. मुलुक ढकाललाई गत असारमा कारबाही गर्दै सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री बनाएको थियो ।

यस्तै सहप्रवक्ता रहेका मनिष झालाई ढकालको स्थानमा कार्यवाहक प्रवक्ता बनाएको थियो ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ७ : ५५ बजे

जेन-जी शहीदका आमालाई खगेन्द्रले भने- तिम्रो छोरो ढल्यो, यो देश उठ्यो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले जेन-जी आन्दोलनका क्रममा ज्यान

भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्: सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सडकबाट नवयुवाले सोधेका

पहिरोमा परी एक विद्यार्थीको मृत्यु

तुलसीपुर– राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीमा पहिरोमा परी दाङका

भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव भेटियो

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी

जेन-जी शहीद दिवस : परिवारका आँखामा आँसु

काठमाडौं– जेन-जी सहिद दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मंगलबार देशभर