टर्कीको इस्तानबुल नजिकै कृष्ण सागरको तटमा समुद्री माइन फेला | Khabarhub Khabarhub

टर्कीको इस्तानबुल नजिकै कृष्ण सागरको तटमा समुद्री माइन फेला


८ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


576
Shares
  • change font
  • change font
  • change font

इस्तानबुल – इस्तानबुलको उत्तरपूर्वमा टर्कीको कृष्ण सागरको तटमा तैरिरहेको समुद्री माइन फेला परेको राज्य समाचार एजेन्सी एनाडोलुले जनाएको छ । उक्त विस्फोटक उपकरणलाई सोमबार नष्ट गरिने बताइएको छ ।

बोस्फोरस स्ट्रेट कृष्ण सागरमा प्रवेश गर्ने विन्दुबाट करिब ५० किलोमिटर पूर्वमा आग्वाको तटमा आइतबार यो उपकरण फेला परेको थियो । रुसले सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गरेदेखि युद्धरत दुवै पक्षले आफ्नो तटीय क्षेत्र सुरक्षित गर्न माइनहरू तैनाथ गरेका छन् तर ती प्रायः आँधीका कारण विस्थापित भएका छन् ।

व्यापारिक र सैन्य ढुवानी दुवैका लागि खतरालाई ध्यानमा राख्दै समुद्रको सिमानामा रहेका नाटो सदस्य टर्की, बुल्गारिया र रोमानियाले माइन निष्क्रिय गर्ने कार्यको निरीक्षण गर्न माइन काउन्टरमेजर्स नेभल ग्रुप (एमसिएम ब्ल्याक सी) स्थापना गरेका छन् । यसले जुलाई १ देखि काम सुरु गरेको थियो ।

रोमानियाको रक्षा मन्त्रालयले यस महिना युद्ध सुरु भएदेखि कूल एक सय सात वटा तैरिरहेका माइन फेला परेको र नष्ट गरिएको बताएको छ । गत महिना टर्कीका भाइस–एडमिरल मुस्तफा कयाले पत्रकारहरूलाई बताएअनुसार कृष्ण सागरमा हालै चार सयभन्दा बढी माइन बिछ्याइएका थिए । तीमध्ये केही बगेर गएका छन् ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ८ : ५२ बजे

थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन सरकारको आग्रह

काठमाडौं– सरकारले म्यान्मा, थाइल्याण्ड, कम्बोडिया, लाओसलगायत मुलुकहरूमा जान चाहने वा

भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिने

बाँके– बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिने

मेथी खानुका १० फाइदा यस्ता छन्

काठमाडौं– मेथी भान्सामा नियमित प्रयोग हुने मसलारुपी खाद्य पदार्थ हो

पूर्वाधार विकाससहित तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ ।

सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु

खोटाङ– सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान